रासस

कुवेत–काठमाडौं–कुवेत सिधा हवाई सेवा सुरु हुँदै
[2017-12-05 오후 8:03:00]

भोलि देखि कुवेत–काठमाडौं–कुवेत सिधा हवाई सेवा सुरु हुँदैछ । कुवेतको वातानिया एयरवेजले बिहीबारबाहेक साताको ६ दिन कुवेत–काठमाडौं प्रत्यक्ष उडान सुरु गर्न लागेको हो ।

उक्त विमान सेवाले यात्रुलाई प्रदान गर्ने सेवासुविधाबारे विमान कम्पनीका उच्चअधिकारीसँग मंगलबार कुवेतका लागि नेपालका राजदूत यज्ञबहादुर हमालले छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

काठमाडौं–कुवेत सिधा हवाई उडानबाट नेपाल–कुवेतसम्बन्ध सुदृढीकरणका साथै कुवेतमा रहेका नेपाली र कुवेती नागरिकलाई नेपाल भ्रमण गर्न सहज हुने अपेक्षा गरिएको छ ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com