शशिशेखर घिमिरे

मुगुमा भाईरलले सर्वसाधारणको मृत्यु ,उपचार प्रभावकारी भएन्
[2017-12-05 오후 7:17:00]

भाईरल ज्वरोका कारण मुगुमा झण्डै दर्जनको हाराहारीमा सर्वसाधारणको मृत्यु भएको छ । सामान्य औषढीको समेत अभाव हुने मुगुबासीको लागी भाईरल ज्वरो ठूलै चुनौति बन्दै छ यतिखेर । मुलुक निर्वाचनको माहोलमा रहेका कारण पनि शायद एकातिर मुगाली जनता भाईरलकै कारण मर्न वाध्य समाचारहरु ओझेलमा परेका देखिन्छन् ।

दैनिक डेढसयको संख्यामा बिरामीहरु भाईरल ज्वरोका कारण अस्पताल धाउन बाध्य भएपनि उपचार प्रभावकारी हुन नसक्दा थुप्रै जनतााले अनाहकमा थला परेर मर्नु पर्ने अवस्था ज्यादै लाजमर्दो विषय हुनसक्छ । स्वास्थ्यको क्षेत्रमा दक्षिण एशियामै लोभलाग्दो प्रगति गर्दै गएको सरकारी र ग्रैहसरकारी तथ्यांङहरु सुनेर मक्ख परिरहँदा मुगुका जनताहरु भने भाईरलकै कारण मृत्युवरण गरिरहनु पर्ने नियतीको अन्तय हुन सकेको छैन ।

र यो विषय कमैको चासो र चिन्तामा पर्ने गरेको देखिन्छ । गरिवी र पीडामा बाँचेका ति निर्दोष मुगाली जनताहरु राज्य भित्रै भएर पनि राज्य भएको महशुस गर्न सकिरहेका छैनन् । जहाँ भाईरल ज्वरोले गाँउ नै थला पर्दा पनि राज्यदुष्टिमा त्यो विषय गौण बन्दै गएको आभाष हुन्छ, एकपछि अर्को गर्दै राष्ट्रिय दैनिकहरुमा मुगुमा भाईरलका कारण मानिस मर्न बाध्य भएको समाचारहरु केलाँउदा ।

कहिल्य झाडापखाला र कहिल्य के यीनै कारण आज पनि दूरदराजमा सर्वसाधारण मरिरहेका छन् । जिल्लाको खत्याङ गाँउपालीकामा भाईरल ज्वरोका कारण कतिले ज्यान गुमाए हेनुस् यो सूचि मुगुका पत्रकार बसन्त बागचन्दले फेसबुकमा पोष्ट गरेका छन्ः



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com