NK REPORTER

राजधानीलगायत देशका विभिन्न भागमा बम आतंक पछि सुरक्षा सतर्कता बढाइएको दावी
[2017-12-05 오후 6:24:00]

दोस्रो चरणको निर्वाचन मिति नजिकिंदै गर्दा राजधानीलगायत देशका विभिन्न भागमा बम आतंक मच्चाइएपछि सुरक्षा सतर्कता बढाइएको दावी सुरक्षा निकायले गरेको छ ।


आम मतदातामा त्रास फैलन नदिन सुरक्षा प्रबन्ध चुुस्त र दुरुस्त पारिएको दावी प्रहरीको छ । निर्धक्कका साथ मतदान गर्न सुरक्षा प्रबन्ध मिलाइएको दावी काठमाडौं प्रहरी परिसर प्रमुख रविन्द्र धानुकको छ ।

उनले काठमाडौंसहित विभिन्न जिल्लामा विस्फोट गराउने ब्यक्तिहरुलाई पक्राउ गरिएको जानकारी दिंदै अनुसन्धान भइरहेको बताए ।

बम बिस्फोटका अधिकांश घटनामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता संलग्न रहेको उनको भनाइ छ ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com