मधुसुदन ओझा

प्रवासी मजदुर संगठन (एमटियु) को बार्षिक साधारण सभा सम्पन्न
[2017-12-05 오전 8:16:00]

कोरियामा रहेको प्रवासी मजदुरहरुको हक अधिकार सुनिस्चित गर्न प्रवासी मजदुरद्वारा गठित प्रवासी मजदुर संगठन (एमटियु)को बार्षिक साधारण सभा यसको बिधान संशोधन र कार्ययोजनाहरु पारित गर्दै सम्पन्न भएको छ ।

प्रमुख अथिति कोरियन प्रजातान्तिक मजदुर महासंघकि माहा सचिब ई यंग जुले सभालाई सम्बोधन गर्दै साधारण सभामा आउनु भएको प्रवासी मजदुरहरु हाम्रो पाहुना हुनु हुन्छ यहाँ धेरै पाहुनाहरु आउनु हुन्छ तर त्यसरी आउनु हुने पाहुनाहरु भन्दा तपाईहरु हाम्रोलागि बिशेष र महत्व पूर्ण पाहुना हुनु हुन्छ कोरियाले १७७०/८० तिर कोरियन नागरिकलाई प्रवासी मजदुरको रुपमा बिदेशमा पठाएको थियो । उनीहरुलाई त्यस देशको सरकार र जनताले उचित सम्मान गरेको थियो मैले जर्मनमा जानु भएको मेरी दिदी र साउदीमा जानु भएको काकालाई पत्र लेखेको सम्झना आउछ अहिले हाम्रो देश प्रवासी मजदुर भित्र्याउने देशमा परिणत भएको छ । यहाँ रहनु भएको प्रवासी मजदुरहरुलाई कोरियन सरकारले गर्ने व्यवहार (नराम्रो व्यवहार)ले हामीलाई ज्यादै दुखित तुल्याएको छ अहिलेसम्म केसिटियुले प्रवासी मजदुरको अधिकार प्राप्तिको निमित्त बिभिन्न गतिबिधि गर्दै आए पनि तपाईहरुले चाहेको अनुपातमा गर्न नसकेको अवास्थाछ ।आउदो दिनमा संसारको मजदुर एक हौ भन्ने नारालाई ब्यबहारमा उतार्न केसिटियुले जोडदार पलह गर्नेछ भन्नु भयो ।

साधारण सभामा एमटियुले बिगतमा गरेको गताबिधि प्रस्तुत गरि त्यसको मूल्याकन गर्नुको साथै बिधान संशोधन ,आगामी कार्य योजना प्रस्तुत गरी पारित गरिएको र रिक्त रहेको केन्द्रको सचिब पदमा प्रचारप्रसार बिभाग प्रमुख मधुसुदन ओझालाई चयन गरीएको थियो बिधान संशोधन अन्तर्गत प्रवासी मजदुर संगठनको नाम “सउल ख्यंगी इन्छन प्रवासी मजदुर संगठन” अंग्रेजीमा “Seoul Gyanggi Incheon Migrant Trade Union” छोटकरीमा “SGI-MTU” रहेकोमा यसलाई परिबर्तन गरि “प्रवासी मजदुर संगठन” अंग्रेजीमा “Migrant Trade Union” छोटकरीमा “MTU” बनाइएको छ ।साथै अहिलेसम्म एमटियुको शाखा सउल ख्यंगी क्षेत्रमा मात्र गठन गर्न सकिने विधानमा व्यवस्था भएकोमा यसमा संशोधन गरि अधिराज्य भरि शाखा गठन गर्न सकिने ब्यबस्था गरिएको छ ।

एमटियुको आर्थिक अवस्था ज्यादै नाजुक भएको हुनाले अहिलेसम्म सदस्यहरुले बुझाउदै आउनु भएको सदस्य शुल्क ५ हजार वोनबाट बढाएर १० हजार वोन लिने निर्णय गरिएको छ ।साधारण सभामा पेश गरिएको प्रस्ताब र कार्ययोजनाहरु सर्बसम्मतबाट पारित भएको थियो । बिधान अनुसार एमटियुले बर्षमा एक पटक बार्षिक साधारण सभा गर्नु पर्ने व्यवस्था छ। अन्त्यमा सभालाई सम्बोधन गर्दै अध्यक्ष उदय राईले बार्षिक साधारण सभाको समापन गर्नु भएको थियो ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com