NK REPORTER

धादिङको धुनवेशी नगरपालिका–६ चालिसेमा ट्रिपर दुर्घटना
[2017-12-04 오후 6:04:00]

धादिङको धुनवेशी नगरपालिका–६ चालिसेमा आज बिहानै बालुवा लोड गरेको ट्रिपर दुर्घटना हुँदा परिचालकको मृत्यु भएको छ । चालक भने सामान्य घाइते भएका छन् ।


मृत्यु हुनेमा ट्रिपरका परिचालक धादिङकै गल्छी गाउँपालिका बैरेनीका राजेश विक रहेका छन् । आज बिहान ४ बजे भएको दुर्घटनामा गम्भिर घाइते भएका विकको उपचारको क्रममा स्टार अस्पताल सानेपा ललितपुरमा सवा ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ट्रिपर चालक चितवन खुरखुरेका राजेश लामा सामान्य घाईते भएका छन् ।

बैरेनीबाट काठमाडौंतर्फ आउँदै गरेको बा३ख ७४०७ नम्बरको ट्रिपर नियन्त्रण गुमाएर सडकबाट अन्दाजी १५ मीटर तल खसेको ईलाका प्रहरी कार्यालय खानीखोला धादिङले जनाएको छ ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com