NK REPORTER

निर्वाचनविरोधी गतिविधिमा संलग्न हुनेविरुद्ध गोलीसमेत हान्ने अधिकार
[2017-12-03 오후 6:09:00]

निर्वाचनका समयमा गम्भीर सुरक्षा खतरा देखिएमा सुरक्षाकर्मीले कडा कारवाही गर्ने भएका छन् । एकपछि अर्को गर्दै लगातार बम विष्फोट र आक्रमणका घटना नरोकिएपछि सरकार कडा ढंगले प्रस्तुत हुन लागेको हो ।


नयाँ सुरक्षा रणनीति लागू गरिएको र निर्वाचनविरोधी गतिविधिमा संलग्न हुनेविरुद्ध आवश्यक पर्दा गोलीसमेत हान्ने अधिकार दिइएको गृहसचिव मोहनकृष्ण सापकोटाले प्रष्ट पारेका छन् ।

नयाँ सुरक्षा रणनीतिसँगै सरकारले सुरक्षा निकाय परिचालन गरेकाले विस्फोटका घटना नियन्त्रणमा आउने विश्वास गृह मन्त्रालयको छ । दिनहुँ विस्फोटका घटना भएपछि मतदातालाई सुरक्षित महशूस गराउने गरी सुरक्षा व्यवस्था मिलाउन गृह मन्त्रालयसँग समन्वय गरिरहेको निर्वाचन आयोगले पनि जनाएको छ ।

शनिबारमात्रै सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरी सुरक्षाको पूर्ण प्रत्याभूतिको व्यवस्था मिलाउन निर्देशन दिइएको थियो । देशैभर सुरक्षा निकायको बलियो उपस्थिति रहेको र विष्फोटमा संलग्न भएकालाई नियन्त्रणमा लिइरहेको गृह प्रवक्ता नारायण शर्मा दुवाडीका भनाइ छ ।

यसक्रममा सुरक्षा चुनौती खडा गर्ने पाँच सयभन्दा बढीलाई नियन्त्रणमा लिइएको पनि गृह मन्त्रालयले जनाएको छ ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com