NK REPORTER

मधेशी जनताप्रति दुवै गठबन्धनको कुनै दीर्घकालिन सोच नभएको डा. बाबुराम भट्टराईको ठहर
[2017-12-01 오후 5:52:00]

लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धन राज्य पुनर्संरचना आयोगको प्रतिवेदन अनुसार मुलुकको संविधानलाई सर्वस्वीकार्य बनाउने सोचमा नरहेको आरोप पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईलेलगाएका छन् ।


मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचार अभियानको क्रममा शुक्रबार सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो दावी गरेका हुन् ।

आयोगको प्रतिवेदनअनुसार संविधान संशोधन भएमात्रै मधेशी जनताको अधिकार स्थापित हुने जिकिर गर्दै उनले मधेशी जनताप्रति दुवै गठबन्धनको कुनै दीर्घकालिन सोच नभएको ठहर गरे ।

उनले कांग्रेस भोटको लागिमात्रै लोकतन्त्र र संघीयताको नारा लगाउँदै जनतालाई मोहित पार्ने प्रयत्नमा रहेको आरोप लगाए ।

उनले फोरम–राजपाको चुनावी मुद्दासँग आफुहरुको मुद्दा निकट रहेको स्पष्ट गर्दै संविधान संशोधन गर्ने दललाई विजयी गराउन आग्रह गरे ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com