(एजेन्सी)

पाकिस्तानको पेशावरमा भएको आतंकवादी हमलामा ९ जनाको मृत्यु
[2017-12-01 오후 5:43:00]

पाकिस्तानको पेशावरमा शुक्रबार भएको आतंकवादी हमलामा ९ जनाको मृत्यु भएको छ । सहरको एक कृषि प्रशिक्षण केन्द्रमा बन्दुकधारी प्रवेश गरी गोली चलाएका हुन् । हमलामा अन्य ११ जना घाइते भएको बताइएको छ ।

प्रहरीका अनुसार शुक्रबार बिहानै तीन बन्दुकधारी बुर्का लगाएर सो केन्द्रमा प्रवेश गरेका थिए । जवाफी सुरक्षा कारवाहीमा तीनै हमलाकारी मारिएको जनाइएको छ ।

पाकिस्तानी तालिवानले सो हमलाको जिम्मेवारी लिएको छ । प्रहरीका अनुसार हमलामा ८ विद्यार्थी र एक कर्मचारीको मृत्यु भएको छ ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com