NK REPORTER

अशक्त, अपांगता भएका र दृष्टिविहीनहरुले सहजरुपमा भोट खसाल्ने वातावरण बनाउ-आयुक्त यादव
[2017-12-01 오후 5:40:00]

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले अशक्त, अपांगता भएका र दृष्टिविहीनहरुले सहजरुपमा भोट खसाल्ने वातावरण बनाउन मतदान अधिकृतहरुलाई निर्देशन दिएका छन् ।

शुक्रबार ललितपुरका मतदान तथा सहायक मतदान अधिकृतहरुका लागि आयोजित दुईदिने प्रशिक्षणमा डा. यादवले दृष्टिविहीनहरुले मतदान अधिकृतहरुलाई विश्वास गरेर जुन पार्टीमा भोट खसाल्ने भन्छन्, उनीहरुको विश्वासलाई कायम राखी भोट खसाली दिन मतदान अधिकृतहरुलाई आग्रह गरे ।

मतदान सकिएपछि मतपेटिका सुरक्षित राख्नेदेखि ढुवानीसम्ममा मतदान अधिकृतको सहभागिता चाहिने भन्दै डा. यादवले आचारसंहिता पूर्णरुपमा पालना भए÷नभएको हेर्न आग्रह गरे ।

मतदान अधिकृतहरुलाई मतदान गर्न सिकाउने, सहयोग गर्ने, मतपेटिका सुरक्षित राख्नेदेखि आचारसंहिताको पालना भए÷नभएको हेर्नेसम्बन्धी प्रशिक्षण दिइनेछ ।

प्रशिक्षणमा १०२ जना मतदान तथा सहायक मतदान अधिकृतहरु सहभागी छन् ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com