NK REPORTER

एकचोटी विकासको अन्तिम धक्का दिने चाहान छ -अध्यक्ष दाहाल
[2017-11-30 오후 6:29:00]

देशमा विकासको अन्तिम धक्का दिने आफ्नो चाहना रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले व्यक्त गरेका छन् । आज चितवनमा संञ्चारक्रमीहरुको संगको भेटमा अध्यक्ष दाहालले जनताको मन बुझेर राष्ट्रको विकासमा लागीपर्ने धारणा व्यक्त गरेका छन् ।

आफूलाई विश्वास गर्न आग्रह गर्दै अध्यक्ष दाहालले राष्ट्रिय र अन्र्तराष्ट्रिय रुपमा आफनो पहुाच ज्यादा रहेको भन्दै मन बुझेर राष्ट्रको विकासमा लाग्ने अठोट व्यक्त गर्दै आफूहरुलाई मतदान गर्न जनतालाई आग्रह गरेका छन् ।

उनले आफूहरुले समाजवादको लक्ष्यमा पुग्न चाहेको तर त्यसका लागि देशमा विकास निर्माण र आर्थिक वृद्धि हुन जरुरी रहेको धारणा समेत व्यक्त गरेका छन् ।

उनले अब बन्ने वाम गठबन्धनको सरकारले विकास निर्माण र आर्थिक वृद्धि गर्ने जिकिर समेत गरे । वाम गठबन्धनले लोकतन्त्रलाई सुदृढ गर्ने भन्दै प्रचण्डले आफूहरुले लोकतन्त्र मास्न नभई थप सुदृढ गर्न खोजेको भनाई व्यक्त गरे ।

प्रचण्ड भन्छन चाहाना



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com