NK REPORTER

मिरालाई प्रधानमन्त्रीले भने , म छुँ रुनु पर्दैन्
[2017-11-30 오후 6:09:00]

प्रधानमन्त्री शेरबहादुर देउवाले उदयपुरमा हिजो भएको बम विष्फोटमा घाईते भएकालाई आज भेटेका छन् । प्रधानमन्त्री देउवाले आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगर घाईतेहरुलाई सान्तवना दिएका हुन् । बिष्फोटमा एउटा खुट्टा गुमाएकी मीरा कटुवाल प्रधानमन्त्रीलाई देख्ने बितिकै रोईन् । उनि रोएपछि सँगै रहेका सबै भावुक बने र एकछिन् माहोल सुनसान भयो ।

प्रधानमन्त्री देउवाले कटुवाललाई सान्त्वना दिँदै चिन्ता नगर्न आग्रह गरे उनेले आफूले सक्दो सहयोग गर्ने बचनबद्धता समेत व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले उदयपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार नारायण कार्कीलगायत अन्य घाइतेलाई भेटी स्वास्थ्यावस्थाबारे समेत जानकारी लिएका छन् ।

बुधबार उदयपुरगढी गाउँपालिका–६ मा चुनाव प्रचारप्रसारका क्रममा कार्कीलाई लक्षित गरी गराइएको विस्फोटमा परी घाइते भएका कार्कीसहित सात जनाको स्वास्थ्यावस्थाबारे जानकारी लिँदै उपचारमा कुनै कमी नराख्न निर्देशन दिएका छन् ।

विस्फोट हुँदा उम्मेदवार कार्की, कांग्रेस कार्यकर्ता कटुवाल र पत्रकार नवराज पौडेल, जिप चालक राजन कार्की, धनमाया धौलाकोटी, गणेश पुरी र प्रहरी जवान कालीदास श्रेष्ठ पनि घाइते भएका थिए । घाइते कटुवालको एउटा खुट्टा घुँडामुनिबाट काटिएको छ । सबै घाइतेको स्वास्थ्य खतरामुक्त रहेको अस्पतालका निर्देशक दीपक महराले जानकारी दिएको राससले खवर उल्लेख गरेको छ ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com