nepalikorea

जनजाती महासंघ कोरियाको पांचौ महाअधिवेशन सम्पन्न, अध्यक्षमा चाम्लिङ राई मनोनित
[2017-11-28 오전 7:14:00]

पहिचान र अधिकार सहितको संघियता आदिबासी जनजातिको अडान अपुरो र अधुरो संबिधान संसोधनको लागि हाम्रो साझा अभियान भन्ने मुल नारा सहित नेपाल आदिबासी जनजाति महासंघ कोरियाको पांचौ महाधिबेसन सम्पन्न भएकोछ । महाधिबेशनले पवन चाम्लीङ्ग राईको अध्यक्षतामा १४ सदस्यीय नयां कार्य समितिको गठन सर्बसम्मत रुपमा गरेको छ ।

नेपाल आदिबासी जनजाति महासंघ कोरियाको निबर्तमान अध्यक्ष चित्र मोक्तानको अध्यक्षतामा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि एनआरएनए कोरियाका अध्यक्ष लक्ष्मी गुरुङ्गले पानसमा दियो बालेर पांचौ महाधिबेशनको उद््घाटन गरेका थिए । बिशेष अतिथिका रुपमा बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सो महाअधिवेशनले चाम्लीङ्ग राईको अध्यक्षतामा बरिष्ठ उपाध्यक्षमा मल्लिका थकाली, उपाध्यक्षद्धय गजेन्द्र सेर्मा, बाबु लाल मोक्तान,महासचिवमा केशव दर्लामी मगर,सचिवद्धयमा युगेल तेन्डुप, चोईस किराती, कोषाध्यक्षमा अग्नि पन्थाक (मिराक) सहकोषाध्यक्षमा बम बहादुर तामाङ,सदस्यहरुमा क्रमश,गुरु निमा शेर्पा, युवराज राई,तुल चोचाकी मगर, विपिन चौधरी र शिवशंकर महतो थारुलाई मनोनित गरेको छ ।

महासंघले कोरियामा बसोबास गर्दे बिभिन्न समाजसेबि तथा महासंघलाई बिशेष योगदान पुर्याउने ब्यक्तित्वहरुलाई सम्मान गरेको थियो।

कोरियामा क्रियाशिल १२ वटा जातिय संस्थाहरु नेपाल मगर संघ, किरात याक्थुङ्ग चुम्लुङ,तमु धिं,किरात राई यायोख्खा, ,नेपाल तामाङ्ग संघ, थकाली सेवा समाज,भुजेल समाज,छन्त्याल परिवार,शेर्पा संघ, नेवा पुच,थारु कल्याणकारिणी सभा बाट नेपाल आदिवासी जनजाति महासंघ बनेकोछ । महासंघले किमे बुसान र छल्लानाम्दो ख्वाङजु २ शाखा गठन गरेको छ भने एक भातृ संस्था फोनिज कोरिया शाखा पनि क्रियाशिल छ ।



Nick Name     
comment   




कोरियामा विपुल क्षेत्रीको लाईभ कन्सर्ट


चर्चित गायक राज सिग्देलको कोरियामा भव्य प्रस्तुती












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com