NK REPORTER

मोटरसाईकल दुर्घटनामा सुब्बा दम्पतीको निधन
[2017-11-27 오후 7:06:00]

सडक दुर्घटनाका कारण खानेपानी संस्थानका एक नायव सुब्बाको ज्यान गएको छ । सुनसरीको धरानमा आज भएको सवारी दुर्घटनामा मुन्धुमविद् समेत रहेका भरत सुब्बा र उनकी श्रीमती टीकादेवी सुब्बाको मृत्यु भएको प्रहरीले जनाएको छ । सुव्वा दम्पती चढेको को.४. प ६३१७ नम्बरको मोटरसाइकललाई धरानको तीनकुने सडकखण्डमा को.१.झ २७१४ नम्बरको पिकअप भ्यानले पछाडिबाट ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

भ्यान चालक धनकुटा, हिलेका हिरालाल मगरलाई पक्राउ गरिएको धरानका प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए । धरान उपमहानगरपालिका वडा नम्बर–१६ घर भएका सुब्बा लिम्बू भाषा संस्कृतिका ज्ञातासमेत हुनुहुन्थ्यो ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com