NepaliKorea.com

कमला आङ्बुहाङ र उत्तमजङ लिम्बूको साथमा चुम्लुङ कोरियाले चासोक मनाउने
[2017-11-25 오전 9:46:00]

उत्तम खजुम ||सउल

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले यो वर्ष गायिका कमला आङ्बुहाङ र गायक उत्तमजङ लिम्बूको साथमा चासोक तङ्नाम मनाउने भएको छ। तङनाम कार्यक्रम यहिँ डिसेम्बर १० तारिख आइतबारका दिन हुने चुम्लुङ अध्यक्ष सुन्दरदीप आङ्देम्बेले याक्थुङ अनलाइनलाई जानकारी गराए।

सदा जस्तै यो सालपनी कार्यक्रममा केलाङ यालाङ को साथमा नेपालबाट आमन्त्रित कलाकारहरूले भरपुर मनोरञ्जन दिलाउने छ। कार्यक्रम स्टलमा विभिन्न मौलिक लिम्बू परिकारहरु पनि राखिने आयोजकले जनाएको छ।


नेपालको महान चाडहरु मध्ये चासोक तङनाम (उभौली पर्व) पनि एक हो जुन हरेक वर्ष मंसिर पूर्णिमाको दिन मनाउने गरिन्छ। यो चाडमा विशेष गरि किरातीहरुले पाकेको अन्नबालिलाई पितृदेवलाई चढाउने गर्दछ्न् र त्यसपछि मात्र आफूले ग्रहण गर्ने गर्दछ्न्। यसो गर्दा विभिन्न रोगब्याधी तथा अनिकाल नलाग्ने र पितृहरुको आशीर्वाद पाइने जनविश्वास रहेको छ।

गतवर्ष चुम्लुङ कोरियाले गायक ब्रबिम सेर्मा र सुनिता थेगिमको साथमा चासोक मनाएको थियो।

कार्यक्रम हलमा जाने तरिका 서을 중구 서소문로 141 한화손해보험빈딩 12F
सौल स्टेसनको १२ नं. गेट अगाडि

सम्पर्क फोन नं.
सुन्दरदिप आङ्देम्बे 01026938606
प्रवेश फियाक 01039280397
टीका थेगिम 01048679281



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com