शशिशेखर घिमिरे

भूपिले त्यसै भनेका हैनन् , “यो हल्लै–हल्लाको देश हो”
[2017-11-24 오후 6:48:00]

हो, “यो हल्लै–हल्लाको देश हो, “कवि भूपि शेरचनले उहिल्य भनेका थिए” । भूपिले त्यसै भनेका थिएनन् ,यो हल्लै हल्लाको देश भनेर । हिजो देखि नै गाईगुई रुपमा “आज बन्द रे” भन्ने खवर चलिसकेको थियो । तर बन्द कस्ले र किन गरयो यकिन जानकारी खासै थिएन् ।

कसैको ठम्याई विप्लव माओवादीले बन्द गरेको पनि थियो । तर उक्त पार्टीले आफूले बन्द नगरेको बताईसकेपछि अव दोष किन विप्लपहरुलाई दिनु । कोही, बन्द कस्ले गरयो थाहा नै नपाएर बन्दको मारमा परे । कोही, सुरक्षा दिन पर्छ भन्ने माथिको आदेश मुत्ताविक नै कार्यक्षेत्रमा खटिए ।

त्यसो त सुरक्षाको लागी खटिएका प्रहरी समक्ष अवेर राती सम्म जानकारी लिईरहेको दुश्य पनि संवादददाताले देखेको थियो । लगनखेल प्रहरी बिट अघि डियुटीमा खटिएका प्रहरी जवानले पनि ति वृद्धबाजेको सोधाईमा “खै हाम्ले पनि त्यही सुनेका हौं, यस्तै–उस्तै जवाफ फर्काए । “हामीले बन्द गरेका हैनौ त बाजे”, “हामी त सधैं खोल्छौ नी” । प्रहरीमध्येका एक नाईके प्रहरी थिए, होला शायद । उनले जसै जवाफ दिए, उसै ति बाजे फिसीक्क हाँसेर लौ –त भन्दै अध्याँरोमा कतै हराए ।

ति बाजे मात्र कहाँ हुन् र ? धेरै मानिस बन्दको भेउ नपाएर नै बन्दको मारमा परे ।
त्यसो त आजको बन्दको मार हिजो साँझ देखि नै उपत्यकाको सडक र बस पार्कमा देखिन्थयो ।

सवारीहरु साँझ पर्न नपाउँदै कम थिए । कैयौ यात्रु सवारीको प्रतिक्षामा राती अवेर सम्म नै कुरिबसेका थिए । ति मध्यका एक जस्को स्थायी घर खोटाङ रहेछ । उनलाई संवाददाताले सातदोवाटो चोकमा राती अवेर बस कुरिरहेको अवस्थामा दिएको लिफ्टले पनि अघिल्लै दिन देखि सवारी साधनको संख्या कम भएको छनक दिन्थ्यो ।

त्यसैले त अन्यौलताकैबीच आह्वान गरिएको बन्द सुनेरै होला उपत्यकाका प्रायजस्तो कलेज र विद्यालय हिजै नखुल्ने जानकारी सहित विद्यार्थीलाई विदा गरिएको रहेछ । कार्यालय जानेहरुको छटपटी उतिकै देखीयो सडकमा ।

अघिपछि मुश्किलले ४० देखि ४५ को हाराहारीमा चलाउन मिल्ने सवारी आज ७० देखि ८० को स्पीडमा चलाउन पाँउदा सायद के मोटरवाईक चालक के मोटरचालक फुरुङ्ग देखिन्थे । कलेज जान नपरेको जोशमा आफना प्रियशीलाई बाईकमा राखेर चाईना सरकारको लगानीमा निर्माणाधीन आठ लेनमा हुईकिएका केटाकेटीको तमासा हेर्न लायक थियो सडकमा ।

वातवरण शान्त थियो । बिहानदेखि सडकमा सार्वजनिक खासै चलेनन् । नीजि सवारी केही देखिन्थे । ठाउँठाउँमा गाडी कुरिरहेका यात्रु पट्यारलाग्दो कुराईमा थकित भएर होला शायद वाटोमै थुचुक्क बसेको पनि देखिए । स्कूल बन्द हुँदाको जोश ससाना केटाकेटीहरु सडक र चोकमा बल र क्रिकेट खेलेर देखाईरहेका थिए । बटुवाहरु चुपचाप गन्तव्य हिडीरहेका थिए ।

सुरक्षाक्रर्मि आफनै तालमा चोकचोकमा डन्ठा लिएर उभिएका थिए । ति मध्य कतिलाई भर्खरै पाएको म्यादी जागरिको चाहा पनि थियो होला । अनि कतिलाई यो मुटु ठिडाउने चिसोमा डुयुटी गर्नुपर्ने कहर पनि थियो होला । रहर र कहर जे जस्तो भएपनि आज साँच्चै भूपिले भने झै हल्लै हल्लाको देशमा बन्दले देश हल्लाएको छ ।

मौनता साँधेर चुपचाप कसैले नगरेको बन्दको शिकार हुनुपरेको छ जनताले । जस्ले बन्द गरेपनि एकचोटी फेरि वन्दको मारमा परेका छन् सर्वसाधारण । त्यसैले त सडकहरुले राहात पाएका छन् धेरै पछि । अनि शहरमा प्रदुषण कम हुँदा शहरवासीले राहातमहसुस पनि गरे होला ।

तर वास्तवमा बन्दको हल्लाले नै बन्द हुने मेरो देशको जनताले सवारी नगुड्दा साँच्चीकै के पाए पाएनन् त्यो भने देश चलाउन खोज्नेले जानुन् । बन्दको हौवा फिजाएर मनोरञ्जन लिनेहरुको अभिष्ट पूरा भएकोमा सरकारलाई हिनतावोध होला नहोला ? तर वास्तवमै पीडित स्थानीइ जस्ले सार्वजनीक सवारीविना गन्तव्य पुगेर कमाएको दुईचार पैसाले भरे साँझ आफना कलिला बालबच्चाको पेट भर्नु छ ।

ति वर्ग र तप्कालाई भने वास्तवमै बन्दको राप र तापले सेकेको थुप्रै दुश्य देखिन्थ्यो । जुन चाहेरै पनि अक्षरका माध्यमबाट न तपाईलाई देखाउन सक्छौं न तस्वीरको माध्यमवाट तीनका पीडा अभिव्यक्ति गर्न सक्छौं । बस् यति नै ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com