NK REPORTER

मतदातापरिचय पत्र छैन ? चिन्ता नलिनुहोस्
[2017-11-24 오후 4:02:00]

निर्वाचनको दिन नजिकींदै छ । आफूले चाहेको नेतालाई भोट हाल्ने मनसायमा रहनु भएको होला । तर मतदाता नामावलीमा नाम छ तर प्राविधिक कारणले तपाईँसँग परिचयपत्र छैन भने चिन्ता नलिनुस् । मत दिने अन्य विकल्प पनि रहेका छन् । नामावली भएपछि परिचयपत्र नभएकै कारण तपाईँ मत दिनबाट बञ्चित हुनु नपर्ने समाचार संगै तपाई अवश्य नै खुशी पनि हुनुहोला ।

हुनत निर्वाचन आयोगले यसअघिको दोस्रो संविधानसभा र केहि महिना अघि मात्र समपन्न भएको स्थानीय निकाय निर्वाचनमा पनि यस खाले सुविधा उपलव्ध गरिएका थिए । सरकारी निकायबाट जारी गरिएको फोटोसहितको परिचयपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था आयोगले गरेको थियो । मतदाता परिचयपत्र सबैको हातमा र्पुयाउन र प्राविधिक कारणले मतदाताले बुझ्न नसकेको अवस्थामा यो विकल्प आयोगले दिएको हो ।

आयोगले नेपाल सरकारका निकायबाट जारी भएका प्रमाणपत्र, नागरिकता, सवारी चालक अनुमति पत्र, २०७० सालमा आयोगले जारी गरेको मतदाता परिचयपत्र, राहदानी, जग्गा धनी प्रमाणपत्र तथा अन्य सरकारी निकायबाट जारी भएका फोटो सहितका परिचयपत्र हुनेले मतदान गर्न पाउने व्यवस्था स्थानीय निर्वाचनमा गरेको थियो ।


प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा यस सम्बन्धी निर्णय भइसकेको भने छैन। तर, परिचयपत्रमा हुने सम्भावित त्रृटिलाई समेत विचार आयोगले निर्णय लिने समय बाँकी नै छ। परिचयपत्रमा सानोतिनो भूलचुक भएमा नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था यसअघि आयोगले मिलाएको थियो ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com