NK REPORTER

कर्मचारी सरुवा गरेको सक्कल फाइल २४ घण्टाभित्र पेश गर्न निर्वाचन आयोगको निर्देशन
[2017-11-23 오후 7:27:00]

निर्वाचन आचारसंहिता विपरीत कर्मचारी सरुवा गरेको सक्कल फाइल २४ घण्टाभित्र पेश गर्न निर्वाचन आयोगले गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले निर्वाचनको मुखैमा केही दिन अगाडि तीनजना प्रमुख जिल्ला अधिकारी सहित ६ जना कर्मचारीको सरुवा गरेको थियो ।
निर्वाचन आचारसंहिता लागू भएको अवधिमा आयोगको सहमति नलिई सरुवा गर्न वा काज खटाउन नमिल्ने व्यहोरा जानकारी हुँदा हुँदै पनि कर्मचारी सरुवा गरिएकाले सरुवाको सक्कल फाइल २४ घण्टा भित्र उपलब्ध गराउन आग्रह गरेको हो ।

गृह मन्त्रालयले छ जना कर्मचारीहरुको काज सरुवा गरी आयोगको सहमतिका लागि पत्र लेखी पठाएको थियो । तर निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले उक्त पत्रमा सहमति प्रदान गर्न नसकिने बताएका छन् ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com