NK REPORTER

निर्वाचनलाई प्रभावित तुल्याउने गरी कुनै पनि गतिविधि नगर्न सरकारलाई एमाले चेतावनी
[2017-11-23 오후 7:23:00]

नेकपा एमालेले निर्वाचनलाई प्रभावित तुल्याउने गरी कुनै पनि गतिविधि नगर्न सरकारलाई चेतावनी दिएको छ । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मुखैमा कर्मचारी सरुवा, बढुवा लगायतका निर्वाचन आचारसंहिता विपरितका काम भईरहेका बेला एमालेले त्यसो नगर्न सरकारलाई सचेत गराएको हो ।

एमाले केन्द्रिय निर्वाचन परिचालन कमिटीले बिहीबार मुख्य सचिव लोकदर्शन रेग्मीसँग भेटगरी निर्वाचनको स्वच्छता कायम हुने गरी मतदाता, मटपेटिकाको सुरक्षा गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ ।

निर्वाचन आचारसंहिताको पूर्ण पालना र निर्वाचनको स्वच्छताका लागि सुदृढ सुरक्षा व्यवस्था गर्न सरकारलाई पुनः आग्रह गरिएको एमाले केन्द्रिय निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले बताए ।

एमालेले मतदान भईसकेपछि संवेदनशील क्षेत्रबाट मत पेटिक ल्याउँदा राजनीतिक दलहरुको प्रतिनिधि पनि रहने व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com