NK REPORTER

राष्ट्रिय जनता पार्टी, नेपालले पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक
[2017-11-23 오후 7:21:00]

मधेशको पहिचान, अधिकार र सम्मान स्थापित गराउने संकल्पसहित राष्ट्रिय जनता पार्टी, नेपालले पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।

पार्टीले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि सार्वजनिक गरेको घोषणा पत्रमा समुन्नत नेपाल, सम्पन्न नेपाली, सार्थक संविधान, समावेशी राज्य, समतामूलक राज्य, सार्वभौम नागरिक बनाउने प्रतिवद्धता पनि व्यक्त गरिएको छ ।

विहिबार धनुषाको जलेश्वरमा घोषणा पत्र सार्वजनिक गर्दै पार्टीका संयोजक महन्त ठाकुरले सबैको पहिचान स्थापित गराउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले स्वायत्त प्रदेश स्थापना गर्न लागि पर्ने बताए ।

पार्टीका नेता राजेन्द्र महतोले मधेशी जनताको अधिकार स्थापित गरी मुलुकलाई समृद्ध बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले मधेशका जनताको माग सम्बोधन हुने गरी संविधानलाई सार्थक बनाउन पहल गर्ने अडान दोहोर्याए ।

राष्ट्रिय जनता पार्टीको घोषणा पत्रमा प्रमुख तीन दल नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रले मिलेर मधेशको माग सम्बोधन गर्न नदिएको आरोप पनि लगाइएको छ ।

जनकपुरलाई अन्र्तराष्ट्रिय पर्यटन स्थल एवम् विश्व हिन्दु केन्द्र बनाउने, काठमाडौ–निजगठ द्रुतमार्ग र निजगढ दोश्रो अन्तराष्ट्रिय विमान स्थल निर्माण गर्ने संकल्प पनि घोषणा पत्रमा गरिएको छ ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com