NK REPORTER

रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु
[2017-11-22 오후 8:25:00]

रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु भएको छ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ९, बटालागाउँका २९ वर्षीय मनिराज परियारको राति सुतेकै ठाउँमा मृत्यु भएको हो। रोजगारीको सिलसिलामा ३ वर्षअघि साउदी अरब गएका उनी रियादस्थित तुर्की कम्पनीमा कार्यरत थिए।

खाना खाएर सुतेका परियार बिहान अबेरसम्म नउठेपछि साथीहरु कोठामा गएर हेर्दा मृत्यु भएको अवस्थामा फेला पारी घरपरिवारलाई खबर गरेका हुन्। मृतक परियारका घरमा श्रीमति र ४ छोरा छन्। धन कमाउन गएका आफन्तको मृत्यु भएको खबर सुनेपछि परिवार शोकमा डुबेको र उनको शब नेपाल ल्याउनका लागि पहल भइरहेको आठबिसकोट नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष तारकबहादुर शाहीले जानकारी दिए।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com