NK REPORTER

कांग्रेसका कारण भारतसँगको सम्बन्ध बिग्रिएको ओलीको आरोप
[2017-11-22 오후 7:21:00]

वाम गठबन्धनका उम्मेदवारका प्रतिस्पर्धीले धेरै भोट ल्याउनु राम्रो नहुने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

मंगलबार वाम गठबन्धनले बुटवलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतन्त्रमा उम्मेदवार बन्ने अधिकार सबैलाई भए पनि बिपक्षीहरुले धेरै भोट ल्याउनु उचित नहुने बताएका हुन् । उनले भारी मतान्तरले वाम गठबन्धनका उम्मेदवार विजयी हुने दाबी समेत गरे ।

लोकतन्त्रको बिषयमा कांग्रेसको चिन्ता नाजायज भएको बताउँदै अध्यक्ष ओलीले लोकतन्त्रलाई वाम गठबन्धनले ग्यारेण्टी गर्ने दाबी समेत गरे । सभामा बोल्दै उनले कांग्रेसका कारण भारतसँगको सम्बन्ध बिग्रिएको आरोप समेत लगाए ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com