NK REPORTER

ईलाममा दुर्घटनामा एकको मृत्यु,एक घाईते
[2017-11-22 오후 5:07:00]

ईलामको सूर्योदय नगरपालिका फिक्कलमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् । तनहुँ नगरपालिका–१ का २८ वर्षीय शरद पौडेलको मृत्यु भएकोे जिल्ला ट्राफिक कार्यलय इलामका प्रमुख पदम राईले जानकारी दिनुभएको छ ।

यस्तै घाइते हुनेमा इलाम चमैता निवासी अस्मिता राई रहेकी छिन् । बिहान ९ बजेतिर झापाबाट ताप्लेजुङ जाँदै गरेको ग १२ प ४८३ नम्बरको मोटरसाइकल चिप्लेर मे १ ख १९४२ नम्बरको ट्रकको पछाडीको टायरमा पर्दा घटना भएको राईले जानकारी दिए । उनका अनुसार ट्रक इलामबाट झापा आउँदै थियो ।

दुर्घटनामा परि घाइते भएकी अस्मितालाई उपचारकालागि झापा पठाइएको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख राईले जानकारी दिए ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com