NK REPORTER

निर्वाचन भयरहित बनाउन प्रहरीको सक्रियता,उपत्यकाबाट ९५ जना पक्राउ
[2017-11-22 오후 4:58:00]

आउँदो निर्वाचन भयरहित बनाउनकोलागि सुरक्षा व्यवस्था कडा पारिएको छ । सरकारी निर्देशन लगतै राजधानी काठमाडौँ उपत्यकाका तीन जिल्लाबाट ९५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । शंकास्पद गतिविधिको आधारका साथै मादक पर्दथ सेवन गरि होहल्ला र भैझगडा गरेको देखि फरार सूचीमा रहेकालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पछिल्लो समय शान्ति सुरक्षा भनेजस्तो नभएको भन्दै आलोचना खेप्दै आएको प्रहरीलाई समेत नजिकीदो निवार्चन भयरहित र बनाउनुपर्ने चुनौतिकै कारण प्रहरीले आफनो सक्रियता बढाएको देखिन्छ । प्रहरी टोलीले मंगलबार उपत्यकाका विभीन्न स्थानमा उनिहरुलाई पक्राउ गरेको हो ।

जसअन्र्तगत काठमाडौं जिल्लाबाट ७५ पुरुष र ३ महिला गरी जम्मा ७८ जना पक्राउ परेका छन्। । त्यसैगरी ललितपुरबाट ७ पुरुष र ३ महिला गरी १० जना पक्राउ परेका छन्। । भक्तपुरबाट ७ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com