NepaliKorea.com

चुम्लुङ बुसान शाखामा नयाँ कार्यसमिति
[2017-11-20 오후 5:56:00]

नोभेम्बर १९ तारिख आइतबारको दिन किरात याक्थुङ चुम्लुङ कोरिया बुसान शाखाको अध्यक्षमा किरण सुन्दर कन्दङ्वा चयन भएका छ्न्। २०१४ मा नै शाखा विस्तार गरिएपनी सो समिती निष्कृय भइ भिघटन भएको थियो। हिजो पुनः क्षेत्रीय भेला एवम याक्थुङ भेटघाट कार्यक्रम आयोजना गरि नयाँ समिती गठन गरिएको छ। उक्त सभाले किरण सुन्दर कन्दङवाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ।

अन्य पदाधिकारीहरुमा खगेन्द्र पालुङ्वा वरिष्ठ उपाध्यक्षमा चयन भएका छ्न् भने घनेन्द्र नेम्बाङ, निस्मा सम्बाहाम्फे र ज्ञानेन्द्र मादेन उपाध्यक्षमा मनोनीत भएका छ्न्। त्यसैगरी सरोज सेराङ सचिव र डम्बर पयाङ्गु सह सचीवमा चयन भए। कोषाध्यक्षमा डिल्लीराम योक्पाङ्देन र सह-कोषाध्यक्षमा सोना सेदाङ मनोनित भए भने सदस्यहरुमा विक्रम "धराप" सुहाङ, विक्रम नेम्वाङ , कृष्ण किराँती, नैनसिङ्ह खापुङ, मिलन लिम्बू र दिलहाङ सेर्मा चयन भएका छ्न्।

क्षेत्रीय भेलामा कियाचू कोरियाका संरक्षक गणेश मेन्याङ्बो, बुसान शाखाका निवर्तमान अध्यक्ष चित्र आङ्देम्बे, नेपाल आदिवासी जनजाती महासंघ बुसान शाखाका महासचिव सुरेशसिङ्ह सम्बाहाङ्फे, इतर आवाजका संयोजक पराजित पोमु, कियाचू कोरियाका उपाध्यक्ष गजेन्द्र सेर्मा, कोषाध्यक्ष टीका थेगिम एवं निवर्तमान कोषाध्यक्ष नरेन्द्र थेगुवा लगायत अन्य संघ संस्थाका प्रतिनिधि र त्यस क्षेत्रका लिम्बू समुदायको बाक्लो उपस्थिति रहेको थियो।

कोरियाको दक्षिणी क्षेत्र गजेदो, बुसान, मासान, किम्हे, छाङ्वन, हामान, जिन्जू, मिर्याङ, याङ्सान लगायतलाई समेटि गठन गरिएको उक्त कार्यक्रममा चुम्लुङ कोरियाका अध्यक्ष सुन्दरदिप आङ्देम्बेको प्रमूख आतिथ्यमा र चुम्लुङ कोरियाका केन्द्रीय सल्लाहकार कुविरचन्द्र लिङ्देनको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा सुरेशसिङ्ह सम्बाहाङ्फेले स्वागत मन्तव्य राखेका थिए भने डम्बर सुब्बाले कार्यक्रम संचालन गरेका थिए।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com