NK REPORTER

हङकङमा नेपाली सेनाका चारजना अल्ट्रा धावकले स्वर्णपदक प्राप्त
[2017-11-18 오후 6:54:00]

अक्सफाम इन्टरनेशनल’द्वारा हङकङमा शुक्रबारसम्पन्न अन्तर्राष्ट्रिय ट्रेल रेस प्रतियोगितामा नेपाली सेनाका चारजना अल्ट्रा धावकले स्वर्णपदक प्राप्त गर्न सफल भएका छन् ।


त्रिभुवन आर्मी क्लबको प्रतिनिधित्व गर्दै सेनाका चारजना धावक पूर्णकुमार तामाङ, समिर तामाङ, तीर्थ तामाङ र वेद सुनुवारले १०० किलोमिटर दूरीलाई १२ घन्टा १ मिनेटको समयमा पूरा गरी नेपाललाई स्वर्ण पदक दिलाउन सफल भएको नेपाली सेनाले जनाएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयद्वारा शनिबार जारी विज्ञप्तिका अनुसार सो प्रतियोगितामा विश्वका विभिन्न देशका पाँच हजार खेलाडीले भाग लिएका थिए । हङकङको साई कुङदेखि ट्युन मुनसम्मको दूरीमा सम्पन्न सो विश्वप्रतिस्पर्धा हङकङमा निकै प्रख्यात मानिएको छ ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com