Madhusudan Ojha

एमटियुले नोभेम्बर १२ तारिक डब्लुपीएसको माग गर्दै बृहत र्‍याली गर्ने
[2017-10-31 오후 10:00:00]

प्रवासी मजदुर स्वयमले आफ्नो हकअधिकार सुनिस्चित गर्न स्थापना गरेको प्रवासी मजदुर संगठन(एमटियु )ले कोरियन सरकार समक्ष इपिएसमा सबै अधिकार मालिकलाई भएको कारण प्रवासी मजदुर आत्महत्या गर्न बाध्य छन त्यसकारण इपिएस खारेज गरि स्वइच्छाले कम्पनी परिबर्तन गर्न पाइने डब्लुपीएस लागु गर्नु पर्ने माग गर्दे यहि नोभेम्बर १२ तारिख आईतबारको दिन बृहत –याली प्रर्दशन गर्न भएको छ ।

सो दिन औधिगिक दुर्घटनाको कारण धेरै प्रवासी मजदुरले ज्यान गुमाई रहेकोले त्यस्तो घटना दोहोरिन नदिन सरकारले कडा कानुन बनाई कम्पनीलाइ पूर्णरुपमा पालन गराउन पहल गर्नुपर्ने , काम गर्न पाउने उमेरको हद हटाउनु पर्ने, कृषि क्षेत्रको मजदुरले उत्पादन क्षेत्रमा परिबर्तन गर्न पाउनु पर्ने, प्रवासी मजदुरले आफनो परिवार ल्याउन पाउनु पर्ने, ५ बर्ष भन्दा बढि अवधि लगातार काम गर्न पाउनु पर्ने, ईपिएसको मजदुरले कोरियामै थ्यैजिकुम पाउनु पर्ने, कृषि क्षेत्रको प्रवासी मजदुरलाई भेदभाब गर्ने मजदुर कानुनको धारा ६३ खारेज हुनु पर्ने, भिषा नभएको मजदुरलाई भिषा दिनु पर्ने, प्रवासी मजदुरलाई सम्भाब्य अपराधीको संख्या दिन बन्द गर्नु पर्ने र आवास सुल्क बाफत २०% सम्म काट्न पाउने सम्बन्धि निर्देसिका खारेज हुनुपर्ने लगायतको बिभिन्न मागहरु राख्दै सउल ख्वांगह्वामुनमा ( रेल लाइन न ५ सउल ख्वाङह्वामुन स्टेशन गेट न ६ ) र्‍यालीको आयोजना गर्न गइरहेकोले सम्पूर्ण देश को प्रवासी मजदुरलाई उपस्थितकोलागि अनुरोध गरिएको छ ।

स्थान:- सउल ख्वांगह्वामुन (ट्रेन लाइन न ५ सउल ख्वांगह्वामुन स्टेसन गेट न ६ )
समय:- दिउँसो ठिक २ बजे
मिति :- २०१७ नोभेम्बर १२ तारिक आइतबार
सम्पर्क :उदय राई ०१० – ५६७५-२०११
मधुसुदन ओझा ०१०-३०४६-२९८४



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com