Manju Gurung

कोरियाको जेजुदोमा एक नेपालीले आत्महत्या
[2017-10-24 오후 11:48:00]

दक्षिण कोरियाको जेजुदो स्थित कम्पनीमा काम गर्दै आएका एक नेपाली कामदार आइतबार झुण्डिएको अवस्थामा मृत भेटिएको छ । इपिएसमार्फत काम गर्न आएका पोखराका २२ वर्षीय जीवन वाग्लेको मृत्यु भएको जेजुदोस्थित कोरियन भाषा अनुवादक शुभद्रा पालुङ्वाले बताइन् ।

कम्पनीको नजिकै झुण्डिएको अवस्थामा भेटिएको वाग्ले बिहान चार बजे सुत्ने कोठाबाट निस्केको सीसीटीभीमा देखिएको थियो । मृतक वाग्ले कोरिया आएको तीन वर्ष पूरा गरी बोनस भिसा लगाएका थिए । मृतक वाग्लेले कम्पनीलाई जानकारी नै नगराई नेपाल जाने हवाई टिकट लिइएका थिए ।

धेरै नबोल्ने स्वभाव भएका वाग्ले सधैं ओभरटाइम काम गर्दै आए तापनि त्यसदिन चाँडै कोठामा आएका थिए । तलब पाउन साथ सीधै नेपाल पठाउने गरेको र मोबाइलमा चेक गर्दा ३ दिनदेखि बुबाको कल रिसिभ नगरेको भेटिएको थियो । कोरियामा आत्महत्या गर्ने नेपालीको संख्या बढ्दो छ ।




Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com