NepaliKorea.com

निर्देशक नवीन सुब्बा र प्रकाश आङ्देम्बे इतर आवाज साहित्य समाजद्वारा सम्मानित
[2017-10-24 오후 11:42:00]

अक्टोबर २२ तारिख आइतबारका दिन निर्देशकद्वय नवीन सुब्बा र प्रकाश आङ्देम्बे साथै नेपालबाटै आउनुभएका चलचित्रकर्मी पाण्डव केसि र सचिन घिमिरेलाई पनि इतर आवाज साहित्य समाज दक्षिण कोरियाले सम्मान गरेको छ। बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी जनाउन कोरिया आएका निर्देशकद्वयलाई किम्हे स्थित लिटल इन्डियन रेस्टुरेन्टमा सम्मान तथा साहित्यिक भेटघाट कार्यक्रम आयोजना गरि सम्मान गरिएको थियो।

इतर आवाज साहित्य समाजका शिर्षविन्दु पराजित पोमुले दोसला ओढाएर र सम्मान-पत्र हस्तान्तरण गरि सम्मान गरेका थिए। यसैगरी गैर आवासीय नेपाली संघका सदस्य अंशुवर्मा लिम्बू, नेपाली साहित्य समाज (नेसास)का अध्यक्ष यल्जि विवश र किरात राई यायोक्खा बुसानका अध्यक्ष आनन्द राईले पनि दोसला ओढाएर सम्मान गरेका थिए।

सोही कार्यक्रममा बर्तमान नेपाली चलचित्रको बारेमा अन्तर्कृयापनि गरिएको थियो। अन्तरक्रियामा बोल्दै निर्देशक सुब्बाले अहिले नेपाली चलचित्रमा मौलिक अनुहार कथा खोजेर प्रस्तुत गरिँदा नेपाली चलचित्रको ट्रेन्ड बदलिँदो अवस्थामा रहेको बताएका थिए। यसैगरी नेपाली राजनिती व्यवस्था स्थिर नहुँदा प्रत्यक्ष रुपले साहित्य कला सिर्जनमा असर पर्ने कुरा पनि राखेका थिए। अर्का निर्देशन एवं साहित्यकार प्रकाश आङ्देम्बेले आफ्नो चलचित्र "देश खोज्दै जाँदा" को बारेमा कुरा राखेका थिए। नेसासका अध्यक्ष यल्जी विवश, एनआरएन बुसानका निवर्तमान अध्यक्ष रविन राई र नेपालबाट आएका चलचित्रकर्मी पाण्डव केसि र सचिन घिमिरेले शुभकामना मन्तव्य राखेका थिए। अन्तर्कृया कार्यक्रम कवि सेसेफुङ सेर्माले समन्वय गरेका थिए।

उक्त कार्यक्रममा कवि राज माङलाकको भर्खरै प्रकाशित पुस्तक "लिम्बुनी गाउँ"को लोकार्पण गरिएको थियो। उक्त कविता संग्रहबाट निर्देशक तथा साहित्यकार प्रकाश आङ्देम्बे र कवि शुष्मा राइले कवितापनि वाचन गरेका थिए भने उक्त कार्यक्रम डम्बर सुब्बाले संचालन गरेको थियो।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com