गोपाल संग्रौला

कोरियाबाट बिमा रकम नलिइ फर्कन्छन् नेपाली
[2017-10-24 오후 8:00:00]

ईपीएसमार्फत कोरिया जाने नेपाली कामदारले थाहा नपाएर वा अवैधनिक बसेका कारण बिमाबापतको रकम नलिइ स्वदेश फर्कने गरेको पाइएको छ ।

कामदारले रोजगारीका क्रममा विभिन्न प्रकारका बिमा गर्ने गरे पनि रोजगार अवधि सकिएपछि नलिइ फर्केको बिमा रकमबापतको करिब १६ करोड वन बिमा कम्पनीले कोरिया स्थित एचआरडी केन्द्रिय कार्यलयमा फिर्ता पठाएको छ ।

रोजगारीका लागि कोरिया गएका कामदारले आफुले पाउनुपर्ने बिमा रकम अवैधानिक बसेका कारण दाबी नगरी स्वदेश फर्केपछि बिमा कम्पनीले यस्तो रकम एचआरडी कोरिया कार्यालयमा फिर्ता पठाएको हो ।

कोरिया सरकारले नेपाली कामदारलाई बिमा रकम माग दाबी गर्न सार्वजनिक आह्वान समेत गरेको छ । एचआरडी कोरियामा फिर्ता आएको बिमा रकम समेत नेपाल स्थित कार्यलयले सूचना जारी गर्दा समेत फिर्ता लिन कामदार आएका कार्यलय आएका छैनन् ।

प्रक्रिया पु¥याएर फिर्ता लिन आउने कामदारलाई एचआरडी कार्यलय नेपालले कोरिया स्थित एचआरडी केन्द्रिय कार्यलयसँग समन्वयन गरी रकम फिर्ता गरिरहेको छ ।

कोरियामा रोजगार अवधि पूरा गरेर विभिन्न कारणले बिमा रकम फिर्ता लिन बाँकी रहेका ३ सय नेपालीले पाउनुपर्ने १६ करोड वन अर्थात १ करोड ५० लाख रूपैयाँ हाल एचआरडी कोरियासँग रहेको छ ।

पछिल्लो तथ्यांकअनुसार रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत दक्षिण कोरिया गएर आफ्नो बसाइअवधि सकेका नेपाली कामदारमध्ये लगभग ३ सय जनाले भुक्तानी नलिएको १६ करोड ८९ लाख ८१ हजार ४४३ कोरियन वन मानव संशाधन विकास केन्द्र (एचआरडी कोरिया)सँग राखिएको छ ।

इ ९ भिसामा दक्षिण कोरिया छिरेका विदेशी कामदारहरूले कानुनी रूपमा अनिवार्य बहन गर्नुपर्ने बिमाबापत पाउने रकम नै नलिइ नेपाली स्वदेश फर्कने गरेका छन् ।

कोरियामा नेपालीले कार्यअवधि समाप्ती बिमा, ग्यारेन्टी बिमा, दुर्घटना बिमा र स्वदेश फिर्ती खर्च बिमा अनिवार्य गर्नुपर्ने बिमा नीतिमा पर्दछन् । नेपाली कामदार कोरिया गएपछि रोजगारदाताको सहकार्यमा कार्यअवधि समाप्ती बिमा र ग्यारेन्टी बिमा दर्ता गर्नुपर्छ भने कामदार आपैmंले दुर्घटना बिमा र स्वदेश फिर्ती खर्च बिमा दर्ता गर्नुपर्नु प्रावधान रहेको छ ।

यी ४ बिमामध्ये कार्यअवधि समाप्ती बिमा एक वर्षसम्म एकै कम्पनीमा काम गरेगरेपछि प्रति वर्ष १ महिना बराबरको थप रकम पाउने बिमा हो । स्वदेश फिर्ती खर्च बिमा कामदारको स्वदेश फिर्ता हुने बेलामा दाबी गर्ने बिमा हो ।

मानवीय बिमा रकम विदेशी कामदारहरूले बिमाअवधि समाप्त भएको दिनदेखि साम्सङ ह्वाजे बिमा कम्पनीमा ३ वर्षसम्म बिमा रकम दाबी गर्न नआएमा बिमा कम्पनीमा बिमा रकम दाबी गर्ने हदम्याद समाप्त भइ एचआरडी कोरियालाई हस्तान्तरण गर्ने प्रावधान छ ।

एचआरडी कोरिया नेपाल ईपीएस सेन्टरका अनुसार २०१४ मा ह्युमन बिमा (मानविय बिमा) रकम सम्बन्धी अधिकार प्राप्त गरी सो बिमा रकम फिर्ता अभियान लागू भएपश्चात झण्डै ८७ वटा बिमाका रकम ३६ करोड ३ लाख वन भुक्तानी गरिएको थियो । २०१७ सेप्टेम्बरसम्म २१ जनाले ह्युमन बिमा (मानविय बिमा) रकमको लागि आवेदन दिएका थिए ।

प्रायः एचआरडी कोरिया, नेपाल ईपीएस सेन्टरमा स्वयं उपस्थित भइ बिमा रकम दाबी गरे पनि हकवालाको निधन भइ नजिकको परिवारले बिमा रकमको लागि निवेदन दिएको २ वटा केश थिए ।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरियामा काम गरी स्वदेश फर्केका कामदारहरू आफू बिमा रकमको हकदार भए नभएको जानकारी लिन ईपीएस कोरिया शाखामा सम्पर्क गर्न अनुरोध गरिएको जनाइएको छ ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com