Pradip menayangbo

घूस लिने तीन कर्मचारी अख्तियारको नियन्त्रणमा
[2017-10-24 오후 7:51:00]

नागरिकताको जन्म मिति सच्याउन आएका सेवाग्राहीबाट घूस लिने धरानस्थित इलाका प्रशासन कार्यालयका तीन कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय सम्पर्क कार्यालय इटहरीले प्रक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई मंगलबार अनुसन्धानका लागि टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पठाइएको इटहरीस्थित अख्तियारको क्षेत्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए ।

उनीहरुलाई नगद २० हजार रुपैयाँसहित रंगेहात पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा हर्कराज राई, युवराज पोख्रेल र मोहन सुवेदी रहेको अख्तियारका डिएसपी मुकुन्द रिजालले बताए । उनीहरु सबै नायव सुब्बा तहका हुन् ।

बराह नगरपालिकाका–२ रेल्वेलाइन बस्ने एक सेवाग्राहीले आफ्नो शैक्षिक प्रमाणपत्र र नागरिकतामा जन्म मिति एक महिनाको फरक भएपछि सच्याउन इलाका प्रशासन कार्यालयमा पुग्दा २० हजार रुपैयाँ माग गरेपछि उनले अख्तियारमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा प्रनाउ रिजालको टोलीले रंगेहात प्रक्राउ गरेको हो । घूस लिँदालिँदै पक्राउ परेपछि तीनैजना निलम्बनमा परेका छन् ।

प्रनाउ रिजालले भने, ‘सेवाग्राहीको उजुरीको आधारमा इलाका प्रशासनमा छापा मार्दा तीनै जनालाई रंगेहात प्रक्राउ गरिएको हो ।’ उनका अनुसार सेवाग्राहीसँग नागरिकताको मिति सच्याउन पैसाको मोलमोलाई गरेको तीनै जनाले स्वीकारेका छन् । सेवाग्राहीले दिएको २० हजार रकम उनीहरु तीनै जनाले समातेको रेडहेण्ड टेस्टबाट प्रमाणित भएको छ ।





Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com