nk

मलेसियामा बस दुर्घटना, ८ जनाको मृत्यु, तीन नेपाली पनि घाइते
[2017-10-24 오후 7:44:00]

मलेसियामा कारखानामा कार्यरत कामदार बोकेको दुईवटा बस एकआपसमा ठोक्किँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जना नेपाली महिला रहेको बताइएको छ । मलेसियाको पेनाङमा मंगलबार बिहान स्थानीय समयअनुसार साढे ५ बजे बस दुर्घटना भएको थियो ।

दुर्घटना मलेसियाको नर्थ साउथ एक्सप्रेस वेमा रहेको जुरु जोर्थबाउन्ड टोल प्लाजा नजिकै भएको थियो ।
न्यू स्ट्रेटस् टाइम्सले त्यहाँको पुलिस चिफ असिस्टेन्ट कमिशनरलाई उद्धृत गर्दै बसमा इन्डोनेसियन र नेपाली कारमदार रहेको जनाएको छ । तर प्रहरीले मर्नेको नाम र देश खुलाइसकेको छैन । प्रहरीले एउटा बसको ब्रेक फेल भएर दुर्घटना भएको जनाएको छ । प्रहरीले घाइते ३३ जना मध्ये २३ जनाको अवस्था गम्भीर रहेको र बाँकी १० जना सामान्य घाइते भएको जनाएको छ । प्रहरीले घटनामा ४३ जना कामदार परेको बताएको छ । उनीहरु सबै महिला रहेको पनि जनाएको छ ।

मलेसियाको राजधानी कोललम्पुरस्थित नेपाली दूतावासले मंगलबार बिज्ञप्ति जारी दुर्घट्नामा ज्यान गुमाउने ८ जना मध्ये ७ जना इन्डोनेशियन र एक जना मलेसियन कामदार रहेको उल्लेख गरेको छ । बिज्ञप्तिमा तीन जना नेपाली महिला कामदार घाइते भएको जानकारी प्राप्त भएपनि नाम ठेगाना थाहा नभइसकेको उल्लेख गरेको छ ।





Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com