NepaliKorea.com

पाँचथरका पहिरो पीडितलाई पाँचथर सेवा समाज कोरियाको राहत वितरण
[2017-10-23 오후 9:54:00]

गत महिना पाँचथरको फालेलुङ गाऊँ पालिकामा गएको भिषण पहिरोबाट पीडित परिवारलाई पाँचथर सेवा समाज दक्षिण कोरीयाले असोज २५ गते राहत वितरण गरेको छ।

फालेलुङ गापाका १,२ र ३ वडाहरूमा पहिरो पिडित जम्मा १५५ घर विस्थापित भएका थिए।
पहिरो वाट मृत्यु भएका परिवार लाई "क" र पहिरो वाट विस्थापित लाई "ख" श्रेणि छुट्याईएको समाजका कोषाध्यक्ष युगल जवेगुले नेपाली कोरिया डटकमलाई जानकारी गराएका छन्।

पहिरोले २ घर परिवार सहित वगाएको थियो।
३ जनाको सव भेटिए पनि बाँकि सव भेटाउन सकिएको छैन।
राहत १ नम्बर वडामा २० घरलाई र
२/३ वडा मा४५ घरलाई वितरण गरिएको समाजका अध्यक्ष कुसुम वास्कोटा ले जानकारी दिनुभएको छ।

उक्त भीषण पहिरो गए लगत्तै पाँचथर सेवा समाजले "राहत संकलन अभियान " चलाएको थियो।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com