nk

चन्द्रागिरी हिल्सद्धारा डॉडामा यसरी ठगिदैछन् सर्वसाधारण
[2017-10-18 오후 4:17:00]

काठमाण्डौको भित्तामा ठडिएको चन्द्रागिरी डाडामा अहिले केवरकार बने पछि सर्वसाधारणलाई चासो छ । काठमाण्डौंको व्यस्त जीवन, धुवा धुलो तनाव आदि कारणले मानिस केही समय रमाउन डाडा चढ्न मन पराउछन् र त्यसको लागि चन्द्रा गिरी हिल्सले बनाएको केवलकारले सुविधा दिएको छ । भलै सो डाडामा गाडीको बाटोको ट्रयाक खुलिसकेको छ र ट्रकहरु माथि डाडामा पुग्ने समेत गरेका छन् ।

समुन्द्र सतहबाट २५ सय ५१ मिटर उचाईमा रहेको यो डाडामा रहेको भोलेस्वर महादेव मन्दिरमा फागु पूर्णिमाका दिन बिशेष मेला लाग्ने सांस्कृतिक तथा धार्मिक महत्व बोकेको चन्द्रागिरी डाडामा जसले मह काढ्छ उसले हात चाट्छ भने जस्तो अहिले सोही कम्पनीले व्यापारीक आधिपत्य जमाएको छ । केवलकार चढ्ने र टिकट काट्ने ठॉउमा कम्पनीले सुरक्षाका कारणले पकाएका खानेकुरा र मदिरा लान पाईने छैन भनेर सूचना टास गरेको छ । पुरै नियन्त्रित तरीकाले यो लागु भईनसके पनि लागु गर्ने मनशायमा कम्पनी देखिन्छ ।

डाडामा आफैले बनाएको होटल तथा रेष्टुरेन्ट ,आईसक्रिम जेरी देखि पानी तस्वीर खिचेर फ्रेमिङ गर्ने काममा समेत कम्पनीले अरुलाई प्रवेश दिएको छैन । यति सम्म कि मन्दिरका पूजा सामाग्री समेत कम्पनी आफैले बेच्ने गरेको देखिएको छ । अर्थात यस्तो छ कि डाडामा जे जे पाईन्छ त्यो सबै चन्द्रागिरी हिल्सबाहेक अरुको हुदैन । दशैका अवसरमा चन्द्रागिरी केवलकार चढ्न पुगेका सर्वसाधारणले खाना लान नदिने सुचनाको विरोध गरे ।

डाडामा पुगेर भातको ५ सय ६० , एक प्लेट ममको २ सय ९० रुपैया ४० रुपैया पर्ने आईसक्रिमलाई एक सय देखि एक सय २५ रुपैया सम्म र १५ रुपैया पर्ने जेरीलाई ५० रुपैया सम्म लिदै आएको सर्वसाधारणको गुनासो छ ।

केवलकारमा खानाले असुरक्षा हुन्छ भन्नु वेतुकः खाद्य प्रविधि बिषेशज्ञ
चन्द्रागिरी हिल्सले केबलकारको उद्घाटन नहुदै भ्रामक सूचना टास गरेर उपभोक्ताबाट राम्रो आमदानी गर्ने रणनीति बनाएको विषयमा उपभोक्ता र स्वयं कर्मचारीहरु पनि सन्तुष्ट छैनन् । नाम उल्लेख नगर्ने शर्तमा केही कर्मचारीले आफूहरुलाई बढी काममा पेल्ने गरेको, तलव थोरै दिएको र थर्काने गरेको जस्ता गुनासो गरेका छन् । खाना लानु केवरकारमा असुरक्षा हो कि हैन मिर्मिरे टिमले यस विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका फुड एक्सपर्ट रुवेन्द्र रावलसग‘ सम्पर्क गर्यो । तर उनले खाने कुरा केवलकारमा लादा असुरक्षा हुन्छ भन्ने कुरालाई हास्यास्पद र वेतुकको कुरा भन्दै कुनै पनि खाने कुराले केवलकारमा असर नगर्ने तर्क गरे । उनले केवलकारले कुनै नियम बनाउन सक्छ तर असुरक्षा भन्ने कुरा गर्नु गलत भएको बताए । तातै खाना पनि १०÷१५ मिनेट भित्र चिसिएको हुन्छ , त्यस पछि खानाले कुनै पनि असर पुर्याउदैन , रावलले भने ।

औसत दैनिक ३ हजार भन्दा बढी मानिसले केवलकार चढिरहेका छन् । ३८ वटा क्यारीयर रहेको यो केवलकारले दिनमा १० हजार सम्म मानिसलाई डाडामा पुर्याउन सक्छ । दशैको बखतमा भने दैनिक ६ हजार सम्म मानिस माथि पुगेका थिए ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com