nk

इपिएस कामदारको बाँकी रहेको विमा रु. डेड करोड, लिन आउनहुन एचआरडी कोरियाको आग्रह
[2017-10-18 오후 4:12:00]

अएचारडी कोरिया नेपाल सेन्टरले प्रेस विज्ञप्ती जारी गर्दै दक्षिण कोरियामा काम गरेका इपिएस नेपाली कामदारहरुको लिन बाँकी विमा रकम रु एक करोड ५० लाख रहेको तथ्यकं सार्वजनिक गर्दै सम्बन्धीतलाई चाडो लिन आउन हुन आग्रह गरेको छ ।

पछिल्लो तथ्याङ्क अनुसार रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया गएर आफ्नो बसाई अवधि सकेका नेपाली कामदारहरु मध्ये लगभग ३०० भुक्तानि नलिएको बीमा रकम (जम्मा १६ करोड ८९ लाख ८१ हजार ४४३ वन) मानव संसाधन विकास केन्द« (एचआरडि कोरिया)को अधिनमा रहेका छ ।

नेपाली कामदारहरुले भुक्तानि नलिएको ह्युमन बीमा रकम जम्मा १६८,९८१,४४३ वन (लगभग १५,०००,००० रुपैया) जति पुगेको जनाएको छ ।

इ नाइन भिजामा दक्षिण कोरिया छिरेका विदेशी कामदारहरुले कानुनी रुपमा अनिवार्य बहन गर्नु पर्ने बीमाहरु छन् । रोजगारदाताले दर्ता गर्नु पर्ने कार्य अवधि समाप्ती बीमा र ग्यारेन्टी बीमा त्यसतै कामदारले दर्ता गर्नु पर्ने दुर्घटना बीमा र स्वदेश फिर्ति खर्च बीमा छन् ।

यी बीमाहरु मध्ये १ वर्षभन्दा बढि एउटै कम्पनिमा काम गरेको खण्डमा स्वदेश फर्कदा अथवा कम्पनि परिवर्तन गर्दा कामदारले भुक्तानि लिन सक्ने कार्य अवधि समाप्ती बीमा र विदेशी कामदारको स्वदेश फिर्ता हुने मिति निर्धारण गरेपछि प्रमाणीत कागजपत्र बुझाए पश्चात लिन पाउने स्वदेश फिर्ति खर्च बीमा विदेशी कामदारहरुले भुक्तानि लिन पर्ने बीमाहरु हुन् ।

के हो ह्युमन बीमा रकम ?
ह्युमन बीमा रकम भन्नाले विदेशी कामदारहरुले बीमा अवधि समाप्त भएको दिनदेखि साम्सङ ह्वाजे बीमा कम्पनीमा ३ वर्षसम्म बीमा रकम दाबी गर्न नआएमा माथीको बीमा कम्पनीमा बीमा रकम दाबी गर्ने हद म्याद समाप्त भइ एचआरडि कोरियालाई हस्तान्तरण गरिन्छ । सो रकमलाई ह्युमन बीमा रकम भनिन्छ ।

एचआरडि कोरिया, नेपाल इपिएस सेन्टरका अनुसार २०१४ मा ह्युमन बीमा रकम सम्बन्धि अधिकार प्राप्त गरि ह्युमन बीमा रकम फिर्ता अभियान लागु भए पश्चात झण्डै ८७ वटा बीमाका रकम (३६,३००,००० वन) भुक्तानि गरिएको थियो । २०१७ को सेप्टेम्बरसम्म २१ जनाले ह्युमन बीमा रकमको लागी आवेदन दिएका थिए ।

प्राय एचआरडि कोरिया, नेपाल इपिएस सेन्टरमा स्वयं उपस्थित भई बीमा रकम दाबी गरेतापनि हकवालाको निधन भइ नजिकको परिवारले बीमा रकमको लागी निवेदन दिएको २ वटा केश पनि थिए ।
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियामा काम गरि स्वदेश फर्केका कामदारहरु आफु बीमा रकमको हकदार हो होइन जान्नको लागि इपिएस कोरिया शाखाको वेब साइटमा नामावली हेर्न सक्नु हुनेछ ।

विष्तृत जानकारीको लागी एचआरडि कोरिया, नेपाल इपिएस सेन्टर, ग्वार्को (+९७७-१-५५२०४४५),नजिकको एचआरडि कोरियाको शाखा अथवा साम्सङ ह्वाजे कल सेन्टर (+८२-२-२२६१-८४००)मा सम्पर्क गर्नु सक्नु हुनेछ ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com