news24nepal.tv

गौचन हत्याको जिम्मा पुन समूहले लियो
[2017-10-09 오후 9:18:00]

नेपाल निमार्ण व्यवसायी संघका अध्यक्ष शरदकुमार गौचनको हत्याको जिम्मा मनोज पुन समूहले लिएको छ । मनोज पुन समूहले यस अघि युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीमाथि गोली प्रहार गरी हत्या गरेको थियो ।

प्रहरी इन्काउन्टरमा मारिएका डन कुमार श्रेष्ठ ‘घैंटे’का खास सहयोगी बस्नेत निकट लोप्साङ राईले काठमाडौं परिसर प्रमुख एसएसपी रविन्द्रसिंह धानुकलाई फोन गरी घटनको जिम्मा लिएका हुन् । प्रहरीले त्यसबारेमा अनुसन्धान अगाडि बढाएको छ । यसअघि काभ्रेली गुण्डा नाइके दावा लामामाथिको गोली प्रहारको घटनामा पनि राइले काठमाडौंका तत्कालिन एसएसपी छवीलाल जोशीलाई फोन गरी घटनाको जिम्मा लिएका थिए ।

सोमबार दिउँसो बानेश्वरको खरिवोट नजिकै आक्रमणकारीहरुले ड्राइभर बसेको ठाउँमा ढुंगा र गौचन बसेको ठाउँमा गोली चलाएर भागेका थिए । घाइते अवस्थामा गौचनलाई नजिकैको सिभिल अस्पताल लगिएपनि उनलाई मृत घोषणा गरिएको थियो ।

गृहमन्त्री जर्नादन शर्माले घटनाको भत्र्सना गरेका छन् । काठमाडौंको सबै नाका शिल गरि घटनाको अनुसन्धान अघि बढाइएको गृहमन्त्रीले जानकारी दिएका छन्। प्रहरीले अपराधीलाई पक्राउ गर्न कुनै कसर बाँकी नराख्ने जनाएको छ । अहिले राजधानीको सबै नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com