nk

कांग्रेससँग पार्टी एकता सम्भव छैन: राजपा नेता यादव
[2017-10-09 오후 9:11:00]

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले कांग्रेससँग पार्टी एकता नहुने बताएका छन् । राजपाले चुनाव जित्नका लागि काँग्रेससंग चुनावी तालमेलमात्रै हुने स्पष्ट पारे ।

सोमबार रिपोर्टर्स क्लबमा बोल्दै नेता यादवले आफ्नो मुद्धाहरुमा उभिने राजनीतिक दलहरुसँग चुनावी सहकार्य हुने बताउँदै ६ दलीय बृहत्त लोकतान्त्रिक गठबन्धनमा सामेल राजनीतिक दलहरु विभिन्न विचार र आस्था बोक्ने भएका कारण पार्टी एकता सम्भव नभएको बताए । उनले भने,‘कांग्रेस लगायत अन्य दलहरुसँग हामी निर्वाचनमा मात्रै तालमेल गर्छौं, कसरी चुनाव जित्न सकिन्छ त्यतातिर ध्यान दिएका छौं, गठबन्धन नै बनेर हामी अघि बढ्दैनौं।’

वाम गठबन्धनको गृहकार्यमा जुटेका एमाले–माओवादीबीच पार्टी एकता हुनेमा आफु बिश्वस्त नहेको बताउँदै नेता यादवले एमालेलाई नश्लवादी र माओवादीलाई ढुलमुले राजनीतिक दल भएको आरोप लगाए । मुद्दा र एजेण्डा मिल्ने भएकोले आगामी निर्वाचनमा संघीय समाजवादी फोरमसँग चुनाबी तालमेल गर्ने यादवले जानकारी दिए ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com