nk

राजधानीमा दिनदहाडै निर्माण व्यवसायी महासंघका अध्यक्षको गोली हानी हत्या
[2017-10-09 오후 8:51:00]

निर्माण व्यवसायी महासंघ अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएको छ । सोमबार दिउँसो सवा तीनबजेतिर मोटरसाइकलमा आएका दुई सुटरले राजधानीको शान्तिनगरस्थित ओम शान्ति चोकमा गोली प्रहार गरी हत्या गरेका हुन् ।

गोली लागेपछि उपचारको लागि नजिकैको सिभिल अस्पताल लगिएको भएपनि डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । सिभिल अस्पतालका निमित्त निर्देशक विमल थापाले अस्पताल ल्याउँदैमा उनको मृत्यु भइकसकेको बताए ।

उनले भने, ‘अस्पताल ल्याउँदा गौचनको मृत्यु भइकसकेको थियो । गौचनको शरीरमा तीनवटा गोली लागेको थियो । एउटा गोली मुटुमा, एउटा कलेजोमा लागेको थियो । अर्को पेटमा लागेको थियो ।’
राजधानीमा दिनदहाडै गोली प्रहार भएको छ । राजधानीको शान्तिनगरस्थित ॐ शान्ति चोकनजिकै निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि गोली प्रहार भएको हो ।

उनीमाथि दुई राउण्ड गोली हानिएको प्रहरीले जनाएको छ । दुवै गोली उनको पेटमा लागेको छ । उनलाई उपचारको लागि बानेश्वरस्थित सिभिल अस्पतालमा राखिएको एसएसपी दिवेश लोहनीले जानकारी दिए ।

उनीमाथि गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सवा तीनबजेतिर मोटरसाइकलमा आएका दुईजनाले गौचनमाथि गोली हानेका थिए । प्रहरीका अनुसार मोटरसाइकल चालकले पिंक कलरको हेलमेट र टिसर्ट लगाएका थिए ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com