nk

स्याललाई हानेको गोली मानिसलाई लागे
[2017-10-09 오전 7:34:00]

गोलन्जोर गाउँपालिका-६ बाट प्रहरीले एकजनालाई अवैध भरुवा बन्दुकसहित पक्राउ गरेको छ। गोलन्जोर गाउँपालिका-६ का २५ वर्षीय कुमार नेपालीलाई बन्दुकसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए। नेपालीले स्याल मार्न गोली हान्दा गोलन्जोर-६ का १६ वर्षीय गोपाल श्रेष्ठ घाइते भएका थिए।

नेपालीलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरेको शर्माले बताए। बन्दुकको छर्रा लागेर श्रेष्ठको हातमा चोट लागेको छ। उनको उपचार भइरहेको छ। नेपालीलाई हातहतियार खरखजाना ऐनअनुसार कारबाही गरीने शर्माले बताए।



Nick Name     
comment   




मानवअधिकार सुनिश्चितमा नागरिकको पनि दायित्व हुन्छ–अधिवक्ता ऋतु थापा मगर


मानवअधिकार सुनिश्चितमा नागरिकको पनि दायित्व हुन्छ–अधिवक्ता ऋतु थापा मगर












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com