nepalikorea

एमटियुका अध्यक्ष उदय राई सम्मानित
[2017-10-09 오전 12:37:00]

दक्षिण कोरियामा मजदूर अधिकारवादी प्रवासी मजदुर संगठन एमटियु का अध्यक्ष उदय राई सम्मानित भएका छन् । लामो समयदेखि दक्षिण कोरियामा मजदूर अधिकारको पक्षमा आवाज उठाउँदै आएका राईलाई आई एल ओ गभर्निङ कमिटी सदस्य तथा नेकपा एमालेको प्रबास इन्चार्ज बिन्दा पाण्डेले एमाले निकट प्रसासी संगठन प्रवासी नेपाली मन्चको ६ठौ अधिबेशन उदघाटन कार्यक्रम मा ओ एन एफ को तर्फ बाट सम्मान गर्नु भएको हो ।

राईलाई लामो समय देखि कोरियामा रहेका नेपाली मजदूरहरूको पक्षमा काम गरेको भन्दै सम्मान गरिएको हो । उक्त कार्यक्रम लाई सम्बोधन गर्दै एमाले प्रबास इन्चार्ज पाण्डेले "प्रवासमा हामि नेपालीले एक आपस मा सदभाव कायम राख्नु पर्नेमा" जोड दिदै भन्नू भयो बिदेशमा राजनीति भन्दा पनि बिचार धारा मात्र राखी सेवा गर्नु पर्छ हामी नेपाली ले राजनीति नेपालमा गर्ने हो भन्नू भयो । उहाँले प्रवासमा पैसालाई मात्र सबै थोक न मानी आफ्नो हक अधिकार को लागि आवाज उठाउनु पर्नेमा जोड दिनु भयो।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com