उत्तम खजुम ।। सौल

सागर आलेको विवादबारे अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको प्रेस विज्ञप्ति
[2017-10-08 오후 1:10:00]

हेल्लो नेपाल कोरिया डट कमले प्रकाशित गरेको समाचार प्रति आपत्ति प्रकट गर्दै प्रेस विज्ञप्ति प्रकाशित गरेको छ।

विज्ञप्तिमा " सागर आलेको विषयमा मिडियामा आएको नकारात्मक र भ्रमपूर्ण र कपोकल्पित चरीत्र हत्या गर्ने सुनियोजित समाचार प्रती घोर आपत्ति प्रकट गर्दछौं।" भनिएको छ। साथै संस्थाको नाम समेत उल्लेख गरेर आयोजक कलाकार र अन्य संस्थालाई दुःखित बनाएको समेत उल्लेख गरिएको छ।

उक्त विवादित आधारहिन् समाचार प्रती तुरुन्तै स्पष्टीकरण दिनपनी भनिएको छ।

नेपाली कोरिया डटकमसँग बोल्दै सागर आलेले कोरियाको एउटा मिडिया बाहेक अरु कुनैपनी मिडियालाई आफूले अन्तर्वार्ता नदिएको र एपि वानलाई त्यस्तो नभनेको बताएका छन्।

हेल्लो नेपाल कोरिया डट कममा प्रकाशित समाचार यस्तो छ।

कोरिया आएका नेपाल आइडलका गायक सागर आले तानिए विवादमा, करिअर र जिन्दगी बदल्ने संस्थालाई भने "त्यस्तो जाबो"

हेनेको सम्बाददाता

एपि वान एचडि टेलिभिजनको चर्चित रियालिटी शो नेपाल आइडलमा भाग लिएपछि चर्चाको शिखरमा छन् चितवनका सागर आले । आइडल उपाधिको अन्तिम चरणमा बाहिरिदाँ उनले दिएको अभिव्याक्तिले उनलाई राम्रो र सकरात्मक व्याक्तित्व भएको भनेर आइडल हेर्ने संसारभरका दर्शकले आलेको व्यापक प्रशंसा गरे । तर नेपाल आइडलको पहिलो संस्करण सकिएपछि आफ्नो प्रस्तुति दिन कोरिया आएका आले भने अप्रत्यासित जिवन बदलावले मात्तिएपछि अहिले विवादमा तानिएका छन् । आफ्नो करिअर र जिन्दगी बदलिने संस्था एपि वानलाई त्यस्तो जाबो भनेपछि आले विवादमा तानिएका हुन् ।
अर्घाखाँची सम्पर्क मन्चले आयोजना गरेको सुपा देउराली सांगितिक सौगातमा आएका आलेसँग एपिवानका कोरिया रिपोर्टरले छुसक सम्बन्धी रिपोर्टका लागि बाइट र अन्र्तवार्ताका लागि इच्छा र समयका बारेमा आयोजक मार्फत कुरा गर्दा आलेले त्यस्तो जाबो एपिवान भनेका थिए । कलाकार सुरज थापा सहित आधा दर्जन कलाकारका साथ नेपाली रेष्टुरेन्टमा रहेका आलेले आयोजका एकलाई त्यस्तो भनेपछि उनि आश्चर्यमा परेका थिए । नेपाल आइडलको पुरै संस्करण हेर्दै आएका दर्शकलाई उनको व्याक्तित्व राम्रो र आदर्श लागेपछि उनले जिवन नै बदलिदिएको संस्था एपिवानलाइ जाबो भनेको भन्दा प्रत्यार नलाग्न पनि सक्छ । यद्यपी एक्कासी बदलिएको जिवन र आइडलबाट बाहिरिएपछि देश विदेशबाट ओइरिएको सहयोग रकमले उनमा मात चढेको आभास भइरहेको बुझिन्छ ।
यसैबीच नेपाल आइडलका डाइरेक्टर लक्ष्मण पौडेलले यस बारे आलेसँग स्पष्टीकरण मागेको बुझिएको छ । जुन थालमा खायो त्यहि थालमा थुक्ने नेपाली प्रवृत्तिले स्वंयमलाई आघात पुग्ने भनाई पौडेलको छ ।
यसैगरी मगर संघ कोरियाले आलेलाई सम्मान सहित नगद सहयोग गरेको छ ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com