उत्तम खजुम ।। सौल

पाँचथर सेवा समाजद्वारा विरामिलाई आर्थिक सहयोग
[2017-10-08 오후 12:26:00]

पाँचथर सेवा समाजले कोरियामा उपचारार्थ बिरामि झडक लिम्बूलाई ४,८७,०००/- चारलाख सतासी हजार वन सहयोग गरेको छ।
सहयोग रकम संस्थाका कार्यबाहक अध्यक्ष राजेन्द्र चेम्जोङ सल्लाहकार मणिचन्द्र चेम्जोङ एवं सदस्य पूर्ण नेम्बाङले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए।

साविक सिवा ९ पाँचथर घर भएका उनी कृषि क्षेत्रमा कोरिया आएको ३ महिना नपुग्दै छाति दुख्ने सम्स्याले ग्रसित छन्। बिरामी भएर काम गर्न नसकेकैले अहिले उनलाई कम्पनिले कामबाट निकाली दिएको छ। आजसम्म उनको एलियन कार्ड (विदेशी कामदार परिचय पत्र) समेत बनेको छैन।

काम छोडी सुवनको एक सेल्टरमा बस्दै आएका उनी अहिले अस्पतालको उपाचार पछि सेल्टरमै बस्दै आएका छन्। पाँचथर सेवा समाजका उपाध्यक्ष सन नेम्बाङले बताए अनुसार निज बिरामिको लागि सहयोग अभियान चलाएर आर्थिक संकलन गरि उपचार खर्च दिइएको छ यदि थप उपचार खर्च लाग्ने देखिएमा उक्त अभियानलाई निरन्तरता दिइनेछ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com