उत्तम खजुम ।। सौल

रमेश न्यौपानेको नेतृत्वमा ताप्लेजुङ सम्पर्क समितिको प्रथम अधिवेशन सम्पन्न
[2017-10-08 오전 11:40:00]



ताप्लेजुङ सम्पर्क समिती दक्षिण कोरियाको प्रथम अधिबेशन सम्पन्न भएको छ। अधिवेशनले दस सदस्यीय कार्यसमिति निर्माण गरेको छ। अधिवेशन अक्टोबर ७ तारिख शनिबारका दिन दोङ्देमुन स्थित लालिगुराँस रेस्टुरेन्टको हलमा भएको थियो।

गतवर्ष सुभद्रा पालुङ्वाको नेतृत्वमा गठित ताप्लेजुङ सम्पर्क समिती दक्षिण कोरियाको तदर्थ समितिले आयोजना गरेको अधिवेशनमा रमेश न्यौपानेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेका छ्न्।

"हाम्रो ताप्लेजुङ प्यारो ताप्लेजुङ , प्रवाशी भूमिमा सम्पूर्ण ताप्लेजुङ बासिहरु एकजुट हौँ।" भन्ने मूल नाराका साथ आयोजित अधिवेशनमा बरिस्ठ उपाध्यक्षमा,गणेश लिम्बु ,उपाध्यक्षमा खगेन्द्र पालुङवा, सचिवमा कृष्ण कुमार गुरुङ
कोषाध्यक्षमा सजना याक्सो चयन गरेका छन्। यसैगरी सदस्यहरुमा ,अग्नी पंधाक ,दावा रेन्जी शेर्पा ,हरि कुमार वनेम,शान्तिला पालुङवा र अमित कन्दवा रहेका छन्। अधिवेशनमा नै सल्लाहकार समितिको पनि गठन भएको छ। सल्लाहकारहरुमा सुरेश लिम्बू, यज्ञ राज सुवेदी, वाङ्दी लामा र सुभद्रा पालुङ्वा रहेका छन्।

कोरियाली प्रवासी भूमिमा रहेका ताप्लेजुङ बासिलाई एकजुट बनाउने उद्देश्यले अनि आइपर्ने समस्याको समाधान र आफ्नो जिल्ला बिकासका लागि सहयोग गर्ने उद्देश्यले गठन गरिएको अधिवेशनमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com