nepalikorea

सिरिजङगा सांगितीक सौगातभव्यताका साथ सम्पन्न
[2017-10-05 오후 9:23:00]

कोरियाको महानपर्व छुसकको अवसरमाकिरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको आयोजकत्वमा गत अक्टोबर ३ तारिखमा सिओलको छोडनो ओगा स्थित फेकचुन्यनहवेगानको हलमा सिरिजङगा सांगीतिक सौगात भाग ४ भव्यताका साथ सम्पन्नभएको थियो । ऐतिहासिक हिलिहाङ दरवार संरक्षण एवम सम्वद्र्धन सहयोगार्थ आयोजित सो कार्यक्रममा नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रम दुई भागमा विभाजित गरि संचालन गरिएको थियो । चुम्लुङ कोरियाका पूर्व महासचिव उत्तम खजुम द्धारा संचालन गरिएको पहिलो चरणको कार्यक्रममा कोरिया लागी नेपाली राजदूत अर्जुन जङ बहादुर सिंह,एनआरएन कोरियाकी अध्यक्षलक्ष्मी गुरुङ, एनसीसीकी अध्यक्ष अन्जु केसी, नेपाल आदीवासी जनजाती महासंघ कोरिया शाखाका अध्यक्ष चित्रबहादुर मोक्तान लगायतविभिन्न संघ संस्थाका पदाधिकारीहरुले शुभकामना व्यक्त गरेको थिए ।

नेपालबाट आएकीमिडियाकर्मी सिर्जना निङलेखु लिम्बु द्धारा संचालन गरिएको दोस्रो चरणको सांगीतिक कार्यक्रमको शुरुवात स्थानिय कलाकारहरुबाट भएको थियो । स्थानिय कलाकारहरु अप्सन लिम्बु,अशोक थुलुङ ,सुदिप शेर्मा,राम दुखि आङदेम्बेको बेजोड प्रस्तुतीले हल विस्तारै तताउन थालेका थिए ।

नेपालका राष्ट्रिय कलाकार आधुनिक गायक कुसल थलङ, भर्साटाईल गायक राजन राजशिवाकोटी, मोडेल तथा हट डान्सर चन्दा दहाल, नेपाल आईडलका गायिका प्रमिला राई र हट लोक दोहोरी गायिका ज्योति थापा मगरले दर्शकहरुलाई भरपूर मनोरन्जन दिनुका साथै नचाएका थिए ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com