nepalikorea

कोरियाको माईग्रेन्ट फेस्टिवलमा नेपाली चित्रकला
[2017-10-05 오후 9:18:00]

दक्षिण कोरियाको बुसान शहर स्थित छाङ्गवनमा " माईग्रेन्ट आरिराङ्ग मल्टिकल्चर फेस्टिवल " सम्पन्न भएको छ । २०१७ को सेप्टेम्बर २९ देखि सुरु भएको फेस्टिवल एक हप्ता सम्म चलेको थियो । उक्त फेस्टीभलमा नेपाल,जापान,चाईना,ताईवान,पाकिस्तान , श्रीलंका , बङ्गलादेश, थाइल्यान्ड, फिलिपिन्स , भेतनाम ,कम्बोडिया,उज्बेगिस्थान,मङ्गोल,ईडोनेशिया र टर्की गरि १५ देशको चित्रकलाको प्रस्तुति रहेका छन ।

सो फेस्टिवलमा नेपाली चित्रकला मार्फत सम्पुर्ण देशका अबलोकन कर्तालाई भरपुर मनोरञ्जन साथै नेपालको सुन्दर प्रकृतिको शिक्षा प्रदान गरेको किम्हे माईग्रेन्ट हाउसका आयोजक यज्ञराज सुबेदिले जानकारी दिनु भयो।

फेस्टिवल को प्रदर्शनीमा राखिएको चित्रलाई थप उजागर गर्न ललित कला मंच दक्षिण कोरियाबाट आ. राई एल बिक्रम उपस्थिति थिए । एल बिक्रमले फेस्टिवल को पहिलो दिन दर्सक माझ प्रत्यक्ष जलरङ्गका चित्र बनाएका थिए । उक्त चित्र मार्फत जलरङ्ग चित्र बनाउने तरिका र नेपाली हिमशृङ्खला , टिपिकल घर र मानिसको जनजिबन चित्रण गरेका थिए । धेरै देशको प्रस्तुतिमा नेपालबाट भएको चित्र प्रदर्शनी भने एउटा छुट्टै आन्नददायी र प्रेरणायुक्त भएकोले आयोजकले ललितकला मंच प्रति आभार व्यक्त गर्नु भयो । यस्तो सहर्निय कार्यप्रती सधै ललित कला मंच दक्षिण कोरिया लागिरहने एल बिक्रमले बताए ।

फेस्टिवललाइ अझै नेपाली पन दिलाउन नेपाली बाजा-गाजा , झाकी प्रस्तुती र नेपालबाट आउनु भएको चर्चित लोकगायिका देबि घर्ती / रामजि खाड तथा चर्चित गायिका दिपा लामाको धमाकेदार स्टेज प्रस्तुती रहेको थियो ।



Nick Name     
comment   




नेपाली सम्पर्क समितिका कोरियाका निवर्तमान अध्यक्ष शाह ठगीमा मुछिन्दै....


कोरियामा २४ औ विश्व आदीवासी दिवस भव्यताका साथ सम्पन्न












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com