NepaliKorea.com

सिरिजङ्गा सांगीतिक सौगात भाग ४ का लागि कलाकार कोरिया आइपुगे।
[2017-10-02 오후 3:57:00]

किरात याक्थुङ चुम्लुङ्द्वारा छुसकको अवसरमा भोलि अक्टोबर ३ तारिख आयोजना हुन गइरहेको सिरिजंगा सांगीतिक सौगात भाग ४ का लागि कलाकारहरू कोरिया आइपुगेका छन्।

भोलिको लागि कलाकारहरु कुटुमा कुटु लगायत दर्जनौँ हिट गीतका गायक तथा संगीतकार राजनराज सिवाकोटी त्यस्तै लोकदोहोरी गायिका ज्योती मगर, पूर्वाञ्चल आइडल कुशल थलन, नेपाल आइडल टप सेभेन प्रमिला राई, लोकप्रिय डान्सर चन्दा दहाल र मोडल तथा कार्यक्रम संचालिका सिर्जना निङ्लेखु रहेका छन्। इन्छ्न एयरपोर्टमा अवतरण पस्चात चुम्लुङ्का संरक्षक,अध्यक्ष ,वरिष्ठ उपाध्यक्ष, महासचिव, पूर्व अध्यक्ष लगायतले कलाकारहरुलाई खादा सहित स्वागत गरेका थिए।

विषेश गरि नयाँ कलाकारहरुलाई उतारेको सिरिजंगा सांगीतिक सौगातमा नयाँ कलाकारहरुले नौलो सांगीतिक मनोरञ्जन दिलाउने अध्यक्ष शुन्दरदीप आङ्देम्बेले याक्थुङ अनलाईनलाई जानकारी गराए। ऐतिहासिक हिलिहाङ दरवार संरक्षण एवम सम्बर्द्धन सहयोगार्थ हुन लागेको यस कार्यक्रमको विस्तृत जानकारी तल हेर्नुहोला।


विस्तृत जानकारी
मिति २०१७-१०-३ मंगलबार
स्थान 100 주년 기념관 서울시 중로구 대학로 3길 29
समय दिनको १२ बजेदेखि हलमा जाने तरिका ट्रेन लाइन नं १ को जोङ्नो ओगाबाट गेट २ मा निस्केर ५ मिनेट हिँड्ने।
सम्पर्क सुन्दरदीप आङ्देम्बे ०१०-२६९३-८६०६
मिराक लिम्बू ०१०-२७७६-८८२५/०१०-२२९८-८८२६
प्रवेश फियाक ०१०-३९२८-०३९७
टीका थेगिम ०१०-४८६७-९२८१



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com