Dambar subba

ईपीएसको विधान संसोधनको माग गर्दे संसद भवनमा पत्रकार सम्मेलन
[2017-09-28 오전 12:21:00]

कोरियामा विदेशी श्रमिकहरुलाई सहयोग गर्ने संघ संस्था तथा मानवअधिकारवादीहरुले रोजगार अनुमति प्रणाली ईपीएस मार्फत कोरिया आएका विदेशी श्रमिकहरुलाईबास स्थान सुरक्षित व्यवस्थाको माग गर्दे आज सांसद भवन पत्रकार सम्मेलन गरेका थिए ।

सहभागीहरुले सांसद भवनमा भएको पत्रकार सम्मेलनमा दहनीय अवस्थाको आफुहरु बस्ने कन्टेनर, प्लाष्टिकको हाउसको फोटो देखाउदै विधान संसोधनको माग राखेका थिए ।

पत्रकार सम्मेलनमा सहभागी विदेशी श्रमिकहरुले विषेश गरि कृषि तथा माछा पालनमा काम गर्ने ९० प्रतिशत विदेशी श्रमिकहरुलाई प्लाष्टिकको हाउस र कन्टेनरका होस्टेलमा राख्ने गरेको बताए । प्लाष्टिक र कन्टेनरको होस्टेलमा टवाईट बाथरुप नहुने, गर्मीमा एकदमै गर्मी र जाडोमा एकदमै जाडो हुने बताए । सोही स्थानमा कृषिका औजार तथा मालसमानहरु राख्नालेफोहर र दुर्रगन्धीत हुने बताए ।

त्यस्तो होस्टेलको पनि मासिक प्रतिव्यक्ति ३ लाख वन देखि ४ लाख वन सम्म रोजगारदाताले असुल्ने गरेको सहभागी विदेशी श्रमिकहरुले बताए ।

सत्तापक्षिय तबुरमिन्जुदाङ पार्टीका संसद ली योङ दकले ईपीएसको विधानमा श्रमिकलाई राखिने होस्टेलको सम्बन्धमा कुनैमापदण्ड नभएकोले मान्छे बस्न नसक्नेहोस्टेल भएता पनि कारवाही गर्न नसकि रहेको बताउदै विधान संसोधन गरेर आईएलओको परामर्श अनुसार अमेरिका तथा क्यानाडा जस्ता विकसित राष्ट्रको जस्तो श्रमिकको होस्टल व्यवस्थापन गर्नु पर्ने बताए ।

संसद लीले संसोधीत नयां विधानमा रोजगारदाताले विदेशी श्रमिकलाई दिने होस्टेललाई व्यवस्थित गर्न चाहन्छ भने केन्द्रिय सरकार तथा नगरपालिकाहरुले सहयोग गर्ने निती निर्माण गर्नु पर्ने बताए ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com