Rss

सेफ्टीट्याङ्कभित्र निस्सासिएर तीन जनाको मृत्यु
[2017-09-27 오후 7:19:00]

सेफ्टीट्याङ्की भित्रको सेन्ट्रिङ निकाल्ने क्रममा रौतहटमा तीन जनाको मृत्यु भएको छ। रौतहटको यमुनामाइ गाउँपालिका वडा नं.१ सुकदेव चोक नजिकै वकिल बैठाले नयाँ घरका लागि एक महिना अघि सेफ्टीट्याङ्की बनाउन थालेका थिए।

ढलान गरिएको सेफ्टीट्याङ्कीबाट काठका सेन्ट्रिङ निकाल्ने क्रममा बुधबार बिहान करिब १० बजे सेफ्टीट्याङ्कीभित्र प्रवेश गरेका घरबेटी मुन्ना बैठा एवं कामदारहरु विजय बैठा र नागेश्वर माझीको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्याङ्कीभित्रको काठ निकाल्न भित्र प्रवेश गरेका उनीहरु अक्सिजन अभावमा छटपटाउन थालेपछि परिवारजनले प्रहरीमा खबर गरेका थिए। सुकदेव चोकस्थित प्रहरी चौकीबाट प्रहरी आइपुग्दा उनीहरुको मृत्यु भइसकेको थियो।

मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा ल्याइएको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com