दृष्टी

वैदेशिकमा करोडपति कर्मचारीको ७ बर्षदेखि रजाईँ
[2017-09-26 오후 11:49:00]

एउटै कर्मचारी लामो समय एउटै कार्यालयमा काम गर्दा भ्रष्टाचार बृद्धि हुने आँकलन गरेरै निजामती सेवा ऐनमा आवधिक सरुवाको ब्यवस्था राखिएको छ । ऐनमा कार्यालयको बर्गीकरण गरी घ, ग, ख र क श्रेणीमा विभाजन गरिएको छ । तर निजामती सेवा ऐनमा प्रत्येक दुई बर्षमा कर्मचारीको सरुवा हुने ब्यवस्था पहुँच र प्रभाव नहुने कर्मचारीका लागि मात्र लागू हुँदैआएको छ ।

नायबसुब्बा सुदर्शन खनाल ७ बर्षदेखि वैदेशिक रोजगार विभागमा कार्यरत छन् । उनीहरु केही महिना श्रम तथा रोजगार मन्त्रालयमा बस्ने र फेरि वैदेशिक रोजगार विभागमै सरुवा हुँदैआएका छन् । उनीहरु हाल विभागको काठमाडौं कार्यालयमा दैनिक दसौं लाख रुपैयाँ घुसको कारोबार गर्र्दै महानिर्देशक विश्वराज पाण्डे, सचिवदेखि मन्त्रीसम्म पु¥याउने गरेको आरोप छ ।

सामान्य प्रशासन मन्त्रालयले गएको भदौ १४ गते गरेको कर्मचारी सरुवामा पनि उनीहरु परेका छैनन् । ५ बर्षसम्म एउटै मन्त्रालयमा कार्यरत कर्मचारीहरु स्थानीय विकास मन्त्रालयमा सरुवा भए । तर खनाल र दाहाल परेका छैनन् । आधिकारिक ट्रेड युनियनका अध्यक्ष भएका कारण उनीहरु सरुवामा नपरेको समाचार छ । खनालले लिगलाइजेसन शाखामा सरुवा हुने कर्मचारीबाट करोडौं रुपैयाँ उठाएर महानिर्देशक पाण्डेमार्फत् मन्त्री फर्मूला मन्सुरलाई दिएको कर्मचारी बताउँछन् ।

१० बर्षदेखि बैदेशिक रोजगार विभागमा बसेर गरिब नेपाली युवाहरुबाट विदेश जाने क्रममा घुस असुल्दै दस करोड रुपैयाँ भन्दा बढी कमाइसकेका नासु पेशल कोइराला र देवराज भट्टराई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सरुवा भएका छन् । एउटै मन्त्रालयमा ५ बर्षभन्दा बढी समयदेखि कार्यरत कर्मचारीलाई स्थानीयमा सरुवा गर्ने मापदण्डमा परेका कारण उनीहरु सरुवा भएका हुन् । कोइरालाले सरुवा नहुनका लागि वैदेशिक रोजगार विभागबाट श्रम मन्त्रालयमा दरबन्दी सारेका थिए । मन्त्रालयमा दरबन्दी सारेर उनी विभागमा काम गर्दै अनुगमन र म्यानपावर दर्तामा दैनिक दसौं लाख घुस असुलिरहेको गुनासो व्यवसायीको छ । श्रम मन्त्रीलाई दैनिक १ लाख, सचिव र महानिर्देशकलाई समेत भागशान्ति बुझाएर उनीहरु संस्था दर्ता शाखाबाट ब्रह्मलुट गर्दैआएका छन् । यसरी लुटको स्वर्गमा रम्दै आएका कोइराला र भट्टराई एउटै मन्त्रालयमा ५ बर्षभन्दा बढी समय कार्यरत रहेका कारण स्थानीयमा सरुवामा परेका छन् ।

दैनिक दसौं लाख रुपैयाँ घुस खाने बानी परेका कोइराला र भट्टराई सरुवा भएपछि छटपटीमा परेका छन् । र, सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत रामप्रसाद लुईटेलमार्फत् मन्त्री टेकबहादुर बस्नेतलाई लाखौं रुपैयाँ खर्च गरी सरुवा बदर गराउन अझै दौडधूप गरिरहेका छन् । उनीहरु जति खर्च गरेर भए पनि सरुवा बदर गराउने भन्दै अहिले पनि वैदेशिक रोजगार विभागमै म्यानपावर दर्ता गर्दै असुल्दै आएका छन् । एउटा म्यानपावर दर्ता गर्न उनीहरुले २० लाख रुपैयाँ घुस लिने गरेको समाचार छ । गएको असोजदेखि अदालतबाट अन्तरिम आदेश ल्याउँदै अहिलेसम्म ३ सय भन्दा बढी म्यानपावर दर्ता भइसकेका छन् ।

अदालतदेखि वैदेशिक रोजगार विभागसम्म सेटिङ गर्ने काम कानुन ब्यवसायी शम्भु निरौला र माओवादी अध्यक्ष पुष्पकमल दाहालका भतिजा बताउने शालिकराम दाहालले गर्दै आएका छन् । म्यानपावर दर्ता गर्ने र तत्कालै बिक्री गर्ने काम निरौला र दाहालले गर्दैआएका छन् । म्यानपावर दर्ता गर्दै बिक्री गर्दै आएका निरौला र दाहालले यसबीचमा दसौं करोड रुपैयाँ कमाइ गरिसकेका छन् ।

यसैबीच, फाजिल दरबन्दीमा वैदेशिक रोजगार विभाग काठमाडौंमा कार्यरत नासु लक्ष्मण गुरागाईलाई सामान्य प्रशासन मन्त्रालयले स्थानीय विकास मन्त्रालयमा सरुवा ग-यो । टेड युनियनका सुदर्शन खनालले सामान्य प्रशासन मन्त्रीका घुस संकलक रामप्रसाद लुईटेललाई प्रयोग गरी उनको सरुवा बदर गराएका छन् । उनलाई ६ माहिनाअघि सामान्यले फाजिलमा सरुवा गरेको थियो ।
दृष्टी



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com