दृष्टी

राजधानीमा जुवाघरहरु फस्टाए, न्यायाधीशकै घरमा पनि जुवा अखडा
[2017-09-26 오후 11:46:00]

दशैं सुरु भएसँग राजधानीमा जुवाघरहरु फस्टाएका छन् । सामान्य किसिमका जुवाघरमा प्रहरीले छापा हान्छ तर भिआईपी जुवाघरहरुमा भने प्रहरी आँखा लगाउन पनि डराउँछ ।यस्तै एउटा जुवाघर डिल्ली बजारमा छ । जहाँ दैनिक करोडौंको हारजित हुने गरेको छ । देशका सबैभन्दा धनी जुवाडेहरुको भिड केही दिनयता बढेको छ ।

सर्वोच्च अदालतका एक न्यायाधीशको घर भएकाले प्रहरीले थाहा पाएर पनि त्यहाँ छापा हान्ने हिम्मत गरेको छैन । न्यायधीशकै भाइले त्यहाँ जुवा खेलाउने गरेको स्रोत बताउँछ । गुन्डादेखि ठूला व्यापारी र न्यायधीशहरु समेत त्यहाँ जुवा खेल्न पुग्छन् ।

गत वर्ष काभ्रेली समूहका दुई समूहबीच सोही जुवाघरमा कुटाकुट भएको थियो । जसमा प्रदीप बोगटी घाइते भएका थिए । स्रोतका अनुसार उक्त जुवा घरमा एक हजार रुपैयाँ प्वाइन्टको म्यारिज खेलिन्छ । जुवाखालमै पैसा लगानी गर्नेहरु बस्ने गर्दछन् ।

यस्ता एक दर्जनभन्दा धेरै भिआईपी जुवाघरहरु राजधानीमा छन् । जसमध्ये केही प्रहरीको सेटिङमा चलेका छन् भने केही प्रहरीले नै चलाएका छन् । केही जुवाघर भने सेनाका उच्चपदस्थ व्यक्तिहरुको घरमा चल्ने गरेको छ । त्यस्तै सातदोबाटो स्थित सेनाका जर्नेल ओम लावतीको घरमा पनि जुवा संचालन हुँदै आएको छ । लामो समयदेखि उक्त घरमा जुवा खेलाउने थाहा हुँदा पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।

केहीले भने पाँचतारे होटलमा कोठा बुक गरेरसमेत जुवा खेलाउन थालेको स्रोत बताउँछ । क्यासिनोमा नेपालीलाई कडाई भएपछि फस्टाएका यस्ता जुवाघरहरुमा क्यासिनोमा भन्दा धेरै हारजित हुने गरेको छ । केही करोडपतिहरु जुवाबाट कंगाल भइसकेका छन् । तर, पनि प्रहरीले भिआईपी जुवाघरमा छापा हान्न सकेको छैन ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com