दृष्टि

हजार भन्दा धेरै सुन पसलमा तस्करीको सुनको अवैध कारोबार
[2017-09-26 오후 11:43:00]

प्रहरीको अनुसन्धानले नेपालका एक हजार भन्दा धेरै सुन पसलमा तस्करीको सुनको अवैध कारोबार भइरहेको पाइएको छ । चीनबाट हरेक हप्ता करिब सय केजी सुन तस्करी हुने र त्यो सुन देशभरीका सुन पसलहरुमा पुग्ने गरेको छ । तस्करीको सुन बेच्ने पसलेहरुमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । एक हजार भन्दा धेरै सुन पसलेहरुमाथि प्रहरीले अनुसन्धान अघि बढाएको स्रोतले दृष्टिलाई बताएको छ ।

पछिल्लो पटक प्रहरीले बरामद गरेका तीनै वटै सुन बरामदको घटनामा सुन पसलेहरु तानिएका छन् । ८८ केजी सुन तस्करीमा पनि राजधानीका दर्जनौं सुन पसलेहरुको संलग्नता खुलेको छ । प्रहरीले गत मंगलबार पाच जना व्यापारीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

८८ केजी सुन तस्करीमा संलग्न सत्यनारायण अग्रवाल दुई वर्षअघि पनि नौ किलो सुनसहित पक्राउ परेका थिए । उक्त मुद्दा राजश्वमा चलिरहेकै बेला फेरि यतिबेला तिनै अग्रवाल प्रहरी हिरासतमा पुगेका छन् । ८८ किलो सुन तस्करीमा पनि उनको प्रमुख संलग्नता रहेको अपराध महाशाखाका एसएसपी दिवेश लोहनीले बताए । उनीसहित ८८ केजी सुन तस्करीमा रञ्जना कम्प्लेक्समा कार्यविनायक सुनचादी पसल चलाउने गणेशदत्त बडू, ओटुमा सुनचादीका गहना बनाउने व्यवसायी गर्ने नन्दकुमार मर्गले र दिनकर सालुखे, बांगेमुढामा शाक्य सुनचादी पसल चलाउने शुभरत्न शाक्य संलग्न रहेको भन्दै उनीहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई संगठित अपराध मुद्दामा म्याद थप गरी उनको गिरोहका अन्य तस्करहरुको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये अग्रवाल र बडू मुख्य कारोबारी हुन् । उनीहरुले चिनिया व्यापारीहरुसग मिलेर सुन ओसारपसार तथा बिक्रि वितरण गर्दै आएको अनुसन्धानको क्रममा खुलेको छ ।

त्यस्तै सिआईबीले बरामद गरेको १५ किलो सुन तस्करीमा पनि न्यूरोडकै सुन व्यापारी रमेश खड्काको संलग्नता खुलेको छ । भोटेकोशी गाउपालिकाका प्रमुख राजकुमार पौडेलस“ग मिलेर उनले तस्करीको सुन पसलहरुमा बिक्रि गर्दै आएका थिए । सिआईबीले सुन कारोबारी पक्राउ गरेलगत्तै उनी फरार भइसकेका छन् ।


को को पक्राउ परे ?
विगतमा पटक पटक सुन बरामद भएपनि कारोबारीहरु पक्राउ पर्दैन थिए । भरियामात्र पक्राउ पर्दथे । कारोबारीले सधैं उन्मुक्ति पाउने भएकाले सुन पसलेहरु हौसिएका थिए । महानगरीय अपराध महाशाखाले २०७१ माघदेखि तस्करीमा संलग्न सुन पसलेहरुलाई नै पक्राउ गर्न थाल्यो । महाशाखाका तत्कालिन प्रमुख पुष्कर कार्कीले न्युरोडस्थित बालाजी एन्ड सन्स, युनाइटेड गोल्ड मार्ट, बौद्धको मामन स्टोर्स र संगम ज्वेलर्समा छापा हानी संचालकलाई पक्राउ गरेका थिए । छापा मार्दा ५ किलो सुन र ४ करोड ७४ लाख नगद फेला परेको थियो । बालाजी एन्ड सन्स सुनचादी पसलका जगन्नाथ धाङगे, बौद्धमा रहेको मामन स्टोर्स सञ्चालक नरेश अग्रवाल लगायतलाई उनले मुद्दा चलाए । उनै कार्की अहिले सिआईबीको प्रमुख छन् । उनले तस्करीको सुन बेच्ने देशभरीकै जालो तोड्ने अभियानमा लागेका छन् ।

त्यस्तै महाशाखाले नै द युनाइटेड गोल्ड मार्टका सञ्चालक आकाशकुमार बज्राचार्य, संगम ज्वेलर्सका सञ्चालक रमेश खडकालाई पक्राउ गरेको थियो । उनै खड्का अहिले पनि सुन तस्करीमा संलग्न रहेको खुलेको हो । पहिलो पटक सरकारी वकिलले सुन तस्करलाई संगठित अपराध मुद्दा नचलाउने भन्दै उन्मुक्ति दियो । दोस्रो पटकदेखि भने मुद्दा चल्न थाल्यो ।

२०७१ मंसिर १४ मा सुन तस्करीमा संलग्न देखिएका दरबारमार्गको आरके ज्वेलर्स जोडियो । २०७१ मा महाशाखाले दुई किलो सुनसहित सन्नी श्रेष्ठलाई पक्राउ गरेको थियो । तर, पसल संचालकले उन्मुक्ति पाए । पछि साढे ३३ किलो सुन प्रकरणमा उक्त पसलका संचालक राजेन्द्र शँक्य मुछिएपछि उनले हाल पसल बिक्रि गरेका छन् । जुन पसलको नाम नै हालै फेरिएको छ ।

महाशाखाले नै २०७२ पुसमा न्युरोडमा रहेको भाग्यलक्ष्मी ज्वेलर्सका सञ्चालक विवेक र विक्रम मित्तललाई साढे ९ किलो सुनसहित पक्राउ ग-यो ।

विमानस्थलबाटै भित्रिएको साढे ३३ किलो सुन तस्करीमा पनि सुन पसलेको संलग्नता खुल्यो । ०७३ पुस २१ त्रिभुवन विमानस्थलको भन्सारबाट बाहिरिएको ३३ किलो सुनको अनुसन्धानमा आरके ज्वेलर्सका राजन्द्रकुमार शाक्यको संलग्नता खुल्यो । उक्त प्रकरणमा मुद्दा चलेपछि शाक्यले पसल बेचेका हुन् ।
साढे ३३ किलो सुन तस्करीको अनुसन्धानको क्रममा साईंराम ज्वेलर्सको विभूति अमोल बालचन्द्र, शालीमार ज्वेलर्सको रामकृष्ण र कुसुम गोयल र भैरव लक्ष्मी ज्वेलरीका प्रमोद श्रेष्ठसमेतलाई मुद्दा दायर गरेको थियो ।

प्रारम्भिक अनुसन्धानमा देशभरीकै पसलहरुमा तस्करीको सुन पुग्ने गरेको स्रोत बताउछ । न्यूरोडका त ९० प्रतिशत सुन पसलेले तस्करीकै सुन बेचेर पैसा कमाउने गरेका छन् । प्रहरीस“ग सेटिङ मिलाएरै यस्तो धन्दा हुने गरेको स्रोत बताउछ ।

हुन्डी र डलरको धन्दा पनि फस्टाएको छ । देशभरी तस्करीको सुनको कारोबार भइरहदा राज्यले भने महिनामै करोडौं राजश्व गुमाइरहेको छ । एक किलोमै उनीहरुले भन्सार मात्र चार लाख ४० हजार छल्दछन् । जसअनुसार हप्तामा सय केजी मात्र तस्करी हु“दा पनि करिब ५ करोड राजश्व सरकारले गुमाउछ ।अझै सुन तस्करीले कालो धनलाई प्रश्रय दिएको छ । हुन्डीको कारोबार मौलाएको छ । तस्करीको पैसा बैध माध्यमबाट पठाउन मिल्दैन । जसकारण ठुलो मात्रामा हुन्डीबाट पैसा बाहिरिने गरेको छ ।

हुन्डीमात्र होइन अवैध डलरको कारोबार पनि मौलाएको छ । तस्करीबाट आउने सुनको पैसा चिनिया“हरुले डलरबाट लैजाने गर्दछन् । पटक पटक अवैध डलरसहित चिनियाहरु पक्राउ पर्दै आएका छन् । एक साता अघि मात्र रसुवामा करिब ५० हजार डलरसहित चिनिया पक्राउ परेका थिए ।राज्यका केही निकायले तस्करीमा सहयोग गर्ने र केहीले आखा चिम्लदा तस्करहरु बलियो हुदै गएका छन् भने देशको अर्थतन्त्र खोक्रो हुदै गएको छ ।



Nick Name     
comment   




एकताले मात्र प्रवासी मजदुर अधिकार सुनिश्चित हुन्छ–एमटियु अध्यक्ष उदय राई


आधुनिक गायक कुसल थलङसंगको कुराकानी












सर्वाधिकार नेपालीकोरिया डटकममा सुरक्षित छ । नेपालीकोरिया डटकममा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाई दिनु होला । स्रोत नखुलाई साभार नगरी दिनु होला । धन्यबाद हाम्रो ईमेल ठेगाना : nk@nepalikorea.com,nepalikorea@gmail.com